छाब्दीमा व्यासको सार्वजनिक सुनुवाई

व्यास नगरपालिकाको आयोजना र महिला सशक्तिकरण सञ्चार समाज तनहुँको सहजिकरणमा व्यास १३ छाब्दी बाराहि मन्दिर विकास कोषको सभाहलमा सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रमुख जवाफदेखि कर्ताको भुमिका निभएका थिए । ‘जनतासँग स्थानिय सरकार’ भन्ने मुल नारालाई अँगाल्दै सर्वसाधारण जनताका गुनासो, प्रसंशा एवम् नगरवासीले स्थानीय सरकारसँग गरेका अपेक्षा लगाएका कुराहरु उपस्थित वक्ताहरुले आ–आफ्नो विचारहरु स्पष्ट पारेका थिए ।

बाटोघाटो, कुलो, कुलेसो लगायत विकासका कुराहरुलाई प्राथमिकताका साथ बक्ताहरुले उठाएका थिए । विभिन्न अलपत्र भएका योजनाहरुको बारेमा प्रतिनिधिहरुलाई सर्वसाधारणले उत्साहजनक तरिकाले प्रश्न राखेका थिए । वडा नं. १३ का वडा अध्यक्ष लेखबहादुर राना र वडा नं. १४ का काजीमान श्रेष्ठ लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले स्वागत मन्तव्य राखेका थिए ।

महिला सशक्तिकरण सञ्चार समाज तनहुँका अध्यक्ष प्रकृति न्यौपानेले कार्यक्रमको सहजिकरण गरेका थिए । व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मी, आलेप शाखा प्रमुख कुनार कञ्चन जिसी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्कि, वरिष्ठ ईन्जीनियर राजु पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button