सहयोगको अपिल गर्दै मृर्गौला पिडित अनुप

तनहुँ, २४ माघ
तनहुँको व्यास–१२ छिर्कनका अनुप क्षेत्रीले उपचारमा लागि सहयोगको अपिल गरेका छन् । २८ बर्षिय अनुपको दुवै मृर्गौलाले काम गर्न नसक्ने भएपछि उनको उपचारमा कठिनाई देखिएको हो ।

घरको जेठो छोराको स्वास्थ्यमा समस्या आएपछि अनुपको परिवारमा चिन्ता छाएको छ । उनको घरको आर्थिक अवस्था कम्जोर रहेकाले उपचारमा कठिनाई आइपरेको बुबा पदम बहादुर क्षेत्रीले बताए ।

करिब डेढ बर्ष अघि मृर्गौलामा खराबी देखिए पछि हाल उनी पोखरा स्थित गण्डकी अस्पतालमा उपचारको क्रममा रहेका छन । लामो समय सम्म पनि उपचारबाट स्वास्थयमा सन्तोषंजनक सुघार नभएपछि डाक्टरले उनलाई मृर्गौला प्रत्यारोपण गर्नु पर्ने सुझाव दिएका छन ।

“हाल हप्तामा दुई पटक डायलायसीस गर्नु परेको छ , डाक्टरले बैशाखमा मृर्गौला प्रत्यारोपण गर्नु पर्छ भन्नु भएको छ पैसाको अभावका कारण उपचारमा ढिलाई भईरहेको छ ”उनले भने । “डाक्टरले १५ देखी २० लाख सम्म लाग्छ भन्नुभएको छ, पारिवारिक अवस्थाबाट उपचारको सम्भव नभएपछि सहयोगको अपिल गरेको हु ।” उनले भने ।

क्षेत्री हाल डुम्रे स्थित सगरमाथा इन्सुरेन्स कम्पनीमा काम गर्दै आएका छन् । हप्तामा १० हजार खर्च गर्दै उनले पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पलातमा दुई पटक डायलिसस गर्दै आएका छन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button