काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण

काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण । तनहुँ दमौलीबाट प्रचारित र प्रसारित केही समाचार प्रति मेरो ध्यान आकृष्ट भएको छ ।बिगत केही दिन देखि तनहुँमा मेरो सम्लग्नता देखाइ बिभिन्न व्यक्ति र सङ्गठित सस्थामा वार्ता छलफल गरेको भन्ने समाचारले मानिसहरुमा भ्रम पर्न गएको हुँदा तनहुँमा मैले कसैलाई पनि मेरो तर्फबाट वार्ता गर्न र प्रतिनिधित्व गर्न आधिकारिक व्यक्ती नतोकेको हुँदा , कसैलाई पनि मेरो तर्फबाट भनी स्पष्टीकरण दिन , स्पष्टीकरण लिन , वार्ता गर्न र प्रतिनिधि मण्डल भनी कुनै व्यक्ती , पार्टी वा सस्थासङ्ग गरेको छलफलमा मेरो कुनै सम्लग्नता , सहमती , आधिकारिकता नभएको र त्यस्ता कामकुराहरु सम्बन्धित व्यक्तिगत र निजि कार्य भएको हुँदा सोही अनुसार बुझ्न र त्यस्ताकुराहरुमा मेरो कुनै सम्लग्नता नभएको स्पष्ट पार्न चाहन्छु । जय नेपाल । गोबिन्दराज जोशी पुर्व सहमहामन्त्री ( नेपाली काङ्रेस )

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button