बढ्दै कोरोना संक्रमित


दमौली खबर संवाददाता
साउन १९, दमौली । पछिल्लो २४ घण्टामा तनहुँमा ४८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक विवरण अनुसार जिल्लाका २८ महिला र २० पूरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ । सोमबार संक्रमणबाट ज्यान जानेको संख्या शून्य रहेको छ । जिल्लामा हाल कोरोनाबाट एक सय १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । केही साता यता जिल्लामा कोरोना संक्रमण दर बढ्दै गईरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button