शुक्र आधारभूत विद्यालयमा सरस्वतीको मन्दिरको शिलान्यास गरियो

दमौली खबर संवाददाता

दमौली, माघ १२

श्रीपञ्चमीको अवसरमा पारेर तनहुँको व्यास नगरपालिका ५ चिन्तुटारमा रहेको शुक्र आधारभूत विद्यालयमा सरस्वतीको मन्दिरको शिलान्यास गरिएको छ । सो वडाका वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले शिलान्यास गर्नु भएको हो ।

चन्दा संकलन तगा वडा कार्यालयबाट पनि केही सहयोगबाट मन्दिर निर्माण गरिने विद्यालयका प्रधानाध्यापक टिकाराम दाहालले जानकारी दिनुभयो । मन्दिरको लागत करिब दुई लाख रहने उहाँले जानकारी दिनुभयो ।

पूर्व विद्यार्थीहरु, टोल विकास संस्था, आमा समुह, सामुदायिक वन, क्लबहरु एवं सम्पूर्ण सहयोगीहरुलाई उक्त कार्यमा सहयोगका लागि आग्रह गरिएको प्रधानाध्यापक दाहालले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button