दिवाकालिन जेष्ठ नागरिक आश्रम सञ्चालन गर्न मद्धत गरौं

जेष्ठ नागरिकको भारी विसौनीको लागि मन भुलाउने ठाउँ चाहिन्छ । घरपरिवारको अभिभावक भएपनि पाखुरीमा बल नहुँदा जेष्ठ नागरिकले बसेर खानु पर्ने हुन्छ । बसेर खाने उमेरमा मन भुलाउन व्यास नगरपालिका वडा नं ५, चापाघाटमा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुनु खुसीको कुरा हो । विभिन्न क्षेत्रका वृद्धवृद्धालाई दिवाकालिन भोजन समेत गरिने भएकाले जेष्ठ नागरिकालाई आवश्यक पौष्टिक आहार आवश्यक पर्दछ ।

भजन संकृतन समुह विशुद्ध मानवीय संस्था भएको हुदाँ वृद्धवुवा आमाको सम्मान आजको आवश्यकता हुदाँ सस्था सदैव वृद्धवृद्धाको सेवामा समर्पित हुनु खुसीको कुरा हो । सवैभन्दा ठुलो धर्म नै मानव धर्म भएको हुदाँ संस्थाले वृद्धवृद्ध लक्षित कार्यक्रम गर्नेछ । संस्थाले वृद्धवृद्धलाई भजन किर्तन, खाने, वस्ने र रमाउने व्यवस्था गरेको हुदाँ अवको दिनमा अरु परिस्कृत रुपमा मानव सेवामा लाग्ने संस्थाले जनाएको छ । अव दैनिक रुपमा नै वृद्धवृद्धालाई आश्रममा ल्याएर उनिहरुलाई सहज वातावरणमा वस्ने र रमाउने वतावरण वनाईनेछ बताईएको छ । यस सस्थाको पवित्र कार्यको लागि सबैले साथ र सहयोग गरौं ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button