बन्दीपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा विरामीहरु मर्कामा

दमौली खबर संवाददाता

बन्दीपुर माघ १४

तनहुँको एक अस्पतालमा चार जना डाक्टरको दरबन्दी भएपनि एक जना मात्रै कार्यरत छन् । बन्दीपुर अस्पतलमा एक जना डाक्टरले मात्रै सेवा दिएका हुन् । दरबन्दी अनुसारको चिकित्सक नहुँदा बिरामी मर्कामा परेका हुन् ।

हाल दैनिक ४० देखी ५० जना सम्म विभिन्न प्रकारका विरामीहरु स्वास्थ्य परिक्षण गर्ने आउने गरेको अस्पतालले जनाएको छ । चिसो मौसम भएकोले रुवाखोकी, निमोनिया लगायतका विरामीहरु बढी आउने गरेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा चारवटा दरबन्दीको व्यवस्था भएपनि ३ जना डाक्टरको २ बर्षे छात्रवृत्ति करारको अवधि सकिएर गएपछि एक जना मात्र डाक्टरले अस्पताल धान्नु पर्ने बाध्यता रहेको बताउनुभयो । तुरुन्त समस्या समाधान गर्ने आफुहरुले स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सहसचिव डा.नारायण श्रेष्ठ समक्ष तथा केन्द्रमा समेत कुरा पु¥याएको बताउनुभयो ।

बन्दीपुर अस्पतलामा कार्यरत डाक्टर अशिष अधिकारी एक्लैले २४ सै घण्टा सेवा गर्नुपर्दा निकै समस्या परेकोले सम्बन्धित निकायले बेलैमा सोच्नुपर्ने बताउनुभयो । बन्दीपुर अस्पतालका नरसिंङ इन्चार्ज हेमु कुमारी श्रेष्ठले दरबन्दी अनुसारको स्वास्थ्यकर्मीहरु नहुँदा समस्या परेको भएका स्वास्थ्यकर्मीहरु मध्ये केही अध्यायन विदामा गएकाले समस्या परेको जानकारी दिनुभयो । बन्दीपुर अस्पतलाका सुचना अधिकारी रामप्रसाद भट्टराई अस्पतालको मेडिकल सुपरिटेण्ड पद विगत पाँच बर्ष देखि रिक्त रहेको बताउदै मेडिकल अधिकृतको दरबन्दी २ वटा रहेकोमा दुबैजना अध्ययन विदामा रहेको बताउनुभयो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा समेत सेवा प्रवाभित भएको जानकारी दिँदा समेत प्रदेश तथा संघ सरकारको ध्यान नदिदाँ समस्या भएको अस्पतालले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button