आठ गाउँका मिलेर मनाए ल्होसार

तनहुँ, १५ पुस– मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गरी गुरुङ समुदायले बुधबार तमु ल्होसार मनाएका छन् । १५ पुसलाई नयाँ बर्ष मान्ने परम्परा अनुसार गुरुङ बस्तीमा शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रम गर्दै ल्होसार मनाईएको हो ।

गुरुङ सुमदायको बाहुल्यता रहेको जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा आठ गाउँका गुरुङ समुदाय एउटै थलोमा भेला भएर ल्होसार मनाएका छन् । कोरोना महामारीकै बिचमा पनि यसपाली यहाँका गुरुङ समुदायका केटाकेटी देखी बुढापाकासम्म वडाको केन्द्र ढोर लामागाउँमा जम्मा भएर सामुहिक रुपमा ल्होसार मनाएका हुन् ।

तमु ह्युला छोंज धि शुक्लागण्डकी–१२ को आयोजनामा भएको कार्यक्रममा ढोर लामागाउँ, घरेडी, बराहाडाँडा, भोर्ले, लाकुरीबोट, जस्पुर, रातमाटा र ढोर तालबेँसी गाउँका ढोर लामागाउँ पुगेर शुभकामना आदनप्रदान गरे । फरक गाउँको फरक परिकार सहित सामुहिक भोज भयो । सामुहिक नाचगान समेत गरियो ।

आफ्नो समुदायमा आत्मियता बढाउने भएकाले सामुहिक रुपमा ल्होसार मनाएको तमु ह्युला छोंज धि का अध्यक्ष भिम गुरुङले बताए । ‘बर्षमा एक पटक भएपनि एकै ठाउँमा भईने । सुखदुख साट्न पाईने । नयाँ पुस्तामा संस्कार संस्कृति हस्तानतरण गर्ने मौका जुर्ने भएकाले सामुहिक मनायौँ’, उनले भने । गत बर्षदखी सामुहिक रुपमा आठ गाउँका मिलेर ल्होसार मनाउन थालेको उनले जानकारी दिए । त्यो भन्दा अगाडीसम्म आ–आफ्नो गाउँमा मात्र सामुहिक भोज गरेर मनाउने प्रचलन थियो ।

बुधबारको सामुहिक कार्यक्रमको प्रमुख अतिथी बनेर पुगेका थिए शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ । उनी जस्पुरमा हुर्के बढेका हुन् । गाउँबासी र आफ्नो जनसमुदायलाई सम्बोधन गर्दै उनले गुरुङ समुदायको संस्कृति पर्यटनको प्याकेज भएको बताए । ‘अब हाम्रो परम्परा र संस्कृति जोगाएर पर्यटक आकर्षित गर्नुपर्छ’, उनले भने, ‘आम्दानीको स्रोत बन्नेछ ।’ गुरुङ भाषा लोप हुने अवस्थामा पुगेकाले सिकाउने अभियान थाल्नुपर्ने उनले बताए । नयाँ पुस्तामा संस्कार संस्कृति हस्तानतरणको आवश्यकता समेत गुरुङले औल्याए । गुरुङ समुदाय शैक्षिक क्षेत्रमा पछाडी परेकाले शिक्षामा जोड दिन मेयर गुरुङको सुझाव थियो ।

यहाँ भएको ल्होसार विशेष कार्यक्रममा गाउँस्तरिय भलिबल, घैँटो फुटाई, छेलो हान्ने र ढिडो खाने लगायतका प्रतियोगिता भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button