भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुलको प्रस्तुति हेर्न दर्शकको भिड

दमौली खबर संवाददाता
दमौली, कात्तिक १३ । व्यास नगरपालिका–२ उत्तरशिला स्थित  भिक्टोरिया डान्स तथा एटिङ स्कुलको सास्कृतिक प्रस्तुतिले दर्शकलाई रौनकता प्रदान गरेको छ ।
    स्कुलले दमौलीको गणेशमानचोकमा आईतबार साँझ गरिएको सास्कृति प्रस्तुति गर्न दर्शकको भिड लागेको हो । प्रस्तुति साँझ ९बजे सम्म हुने र अन्य स्थानमा ठुला एकादशी सम्म सास्कृतिक कार्यक्रम गरिने आयोजकलले जनाएको छ । सास्कृतिक कार्यक्रममा तनहुँको लोकप्रिय नृत्य कौरा, लगायतक मारुनी, झ्याउरे नृत्य प्रस्तुति गरिएको थियो । नेपाली मौलिक सस्कृतिको संरक्षणमा टेवा पु¥याउने उद्धेश्यले नेपाली मौलिक सास्कृतिक नृत्यहरु प्रस्तुति गरिएको भिक्टोरिया डान्स तथा एटिङ स्कुल मानेजिङ डाइरेक्टर सर्जन थापाले जानकारी दिनुभयो । सास्कृतिक प्रस्तुतिले  मन जितेकोले दर्शकले वान्समोर भन्ने, सिट्ठी बजाउने र ताली बजाएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button