वार्ता ढोका बन्द गरेका छैनौः सभापति पण्डित

दमौली खबर संवाददाता
दमौली, भदौ २५ गते । विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले काँग्रेस तनहुँसँगको वार्ताको ढोका बन्द नगरेको बताउनु भएको छ । १०९ औं विपी जयन्तीको अवसरमा दमौली एफएमले गरेको विशेष संवाद कार्यक्रम सभापति पण्डितले राख्नु भएको हो ।
गत सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेस तनहुँले एकल गठन गरेको जिल्ला समन्वय समितिको  माओवादीसँग गठजोड गरि बनाउनु परेको नोक्सानलाई मध्यनजर गरी अब त्यस्तो हुन जोगाउन वार्ता ढोका खुलै राखेको बताउनुभयो । असल काँग्रेसका कार्यकताको भावानालाई सम्बोधन नगरी फरक सिद्धान्त बोकेको पार्टीसँग गठबन्धन गरेमा काँग्रेस तनहुँले संघ तथा प्रदेशको चुनावमा विगतको जस्तै हानी व्यहोर्ने दाबी पण्डितले गर्नु भएको छ । काँग्रेसको नेता समेत रहनु भएका सभापति पण्डितले आफ्ना असल कार्यकतालाई वेवास्ता गरी फरक आस्था र विचार बोकेकासँग गठबन्धन गर्नुको कुनै औचित्य नभएको प बताउनुभयो । वार्ता नगरीकन एकलौटी ढंगले बढेमा काँग्रेस तनहुँलाई क्षत विक्षत पारिदिने चेतावनी पण्डितले दिनुभयो । ‘आफ्नो आस्था, विचार र सिद्धान्तलाई बोकेकालाई नसमेटिकन आफ्नालाई फरक सिद्धान्त र विचार बोकेकालाई समेट्न खोज्दा काँग्रेस तनहुँले क्षति हुने निश्चित छ’ पण्डितले भन्नुभयो ।
विक्रम संवत १९७१ भदौ २४ गते जन्मनु भएका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो ।  विपीले अंगिकार गरेको समाजवादको बाटो नेपाली काँग्रेसले विर्सेकोले विपी विचार समाज गठन गर्नु परेको काँग्रेस नेता पण्डितले बताउनुभयो । २०१५ सालमा भएको आम निर्वाचन पछि १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात आठ वर्ष जेलजीवन बिताउनु भएको थियो । राजनीतिज्ञ मात्र नभएर साहित्यकारको रुपमा समेत परिचित कोइरालाका दोषीचश्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी लगायतका कृति चर्चामा छन् । महामानव कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button