म्याग्देमा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

म्याग्दे, माघ ९ ।

तनहुँको म्याग्दे गाँउपालिका वडा नं २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत व्यवसाय सचेतना कार्यक्रम सम्पन्न भएको छ । सप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ स्थानीय स्तरमा नै सिप सिकेर आत्मनिर्भर वनाउने हेतुले कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सिप सिकेर आत्मनिर्भर वन्ने मुख्य लक्ष्य राखेको कार्यक्रममा सहभागीहरुलाई विभिन्न विधामा प्रशिक्षण दिईएको थियो । समाजका विपन्न तथा आर्थिक वर्गलाई उत्पादन र सीप सँग जोडेर गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । वडा न. २ मा रहेको स्थानीयहरुलाई समावेश गरि व्यवसाय कसरी गर्ने वारेमा प्रशिक्षण दिईएको हो । प्रशिक्षण कार्यक्रममा स्थानिय स्तरको २६ जना स्थानिय वासिन्दाले तालिममा सहभागिता जनाएका छन् ।

सचेतना कार्यक्रममा पहिला प्रशिक्षण दिने र पछि व्यवहारिक तालिम दिईने मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिनुभयो । सहभागीहरुलाई अचार वनाउने, धुप, अगरवत्ति लगायतको तालिम दिईनेछ, ताकि सहभागीहरुले सिप सिकेर आत्मनिर्भर वन्न सकोस, न्यौपानेले वताउनुभयो ।

सचेतना कार्यक्रममा राजकुमार श्रेष्ठले सिपको वारेमा प्रशिक्षण दिएका थिए । सीप नै जीवनको प्रमुख आधार वन्ने हुदाँ सीपलाई सानो सोच्न नहुने श्रेष्ठले वताउनभयो । कुनै पनि व्यवसायमा सकारात्मक सोच राखेर अगाडी वड्ने हो भने सफलता पाउन सकिन्छ, तर यसमा धैर्यता आवश्यकता पर्दछ । सिकेका सीपको निरन्तरता र व्यवहारिक कार्यन्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वलम्वी वन्न सकिने श्रेष्ठले वताउनुभयो ।

आठ दिन सम्म चल्ने व्यवसाय सचेतना कार्यक्रम मा व्यवहारिक कक्षा शुरु हुने न्यौपानेले जानकारी दिनुभयो । अभिमुखिकरण क्षमता विकास सहयोग त्यसको अभ्यासमा मा ध्यान दिनुपनु पर्ने र त्यसको अम्भ्यास कक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button