घाईते थापाको जीवन रक्षा गरौं

एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ । सुख र दुःख घाम र छायाँ हुन् अर्थात कहिले रात र कहिले दिन हो । सुखसँग जीवन काटिरहेको व्यत्तिलाई अनायसै महादुःख आई पर्न सक्दछ । यस्तो अनयासै महा दुःखमा पर्नेमा मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी ३० वर्षीय रेणु थापा हुनुहुन्छ । आर्थिक अवस्था कमजोर हुँदा उहाँको परिवारले सहयोगको याचना गरेको छ । यस याचनालाई मनन् गरी सबैले मद्धत गर्नुपर्छ ।  उपचारको लागि शनिबार ४० हजार ८ सय १० रुपैयाँ सहयोग गरिएको छ । बेनीपाटन टोल विकास संस्था, जनचेतना आमा समूह र ऋषिङ आमा समूहले थापाको उपचारका लागि रकम प्रदान गरिएको छ । यस्तै सहयोग अरुले पनि गर्नुपर्दछ ।  बेनीपाटन टोल विकास संस्थाले ३० हजार ५ सय ३५, जनचेतना आमा समूहले ५ हजार १ सय ७५ र ऋषिङ मगर आमा समूहले ५ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन । ड्रेमोकेसी थापाको उपचारको लागि ५ हजार मद्धत गरेको छ । थोपा थोपा गरेर सागर भए जस्तो थोरै थोरै रकम प्रदान गरे उहाँको उपचारमा योगदान दिन सकिन्छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button