तनहुँका चार फोटोग्राफरहरु सम्मानित

दमौली खबर संवाददाता
दमौली, भदौ २५ । तनहुँका चार फोटो फोटोग्राफरहरुलाई शनिबार सम्मान गरिएको छ । फोटोग्राफर एसोसियसन तनहुँको ११औं साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा सम्मान गरिएको हो ।
फोटोग्राफरहरु खैरेनीटारका हरिकुमार श्रेष्ठ, डुम्रेका दामोदर मिश्र र शम्भु अधिकारी तथा पिप्लेकी विष्णु डल्लाकोटीलाई दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरिएको थियो । फोटोग्राफर एसोसियसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद पौडेल, जिल्ला अध्यक्ष बलभद्र श्रेष्ठले संयुक्त रुपमा ति फोटोग्राफरहरुलाई सम्मान गरेका हुन । ३०औं वर्ष अघिदेखि फोटो स्टुडियो राखेर फोटोग्राफरको रुपमा काम गर्दै आएका ति व्यक्तिहरुलाई सम्मान गरिएको हो । फोटो ग्राफरको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनीहरुलाई सम्मान गरिएको संघले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button