म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दमौली खबर संवाददाता

स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराको साथ म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । म्याग्दे गाँउपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा शुरु भएको हो ।

म्याग्दे गाँउपालिका भित्रका माध्यामिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड हुनेछ भने रिले दौड १०० र २०० मिटरको, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल संचालन हुने पालिकाले जनाएको छ ।

पालिका भित्रको जनगणपति मावि, मिन मावि, गणेश मावि, राधा मावि, रत्न मावि र महेन्द्र माविको विद्यार्थीहरुले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद सहित शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेलाई १५ हजार सहित शिल्ड र प्रमाणपत्र र तृतिय हुनेलाई १० हजार नगद सहित शिल्ड र प्रमाणपत्र दिईने पालिकाले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेलकुद देशको नै पहिचान भएको वताए । खेलकुदले स्वास्थ्य जीवन सँग हरेक प्रतिष्पर्धासँग जुध्ने शक्ति प्रदान गर्दछ, खेलकुदमा निरन्तर लाग्नेले सहज जीवन व्यतित सँगै सोच्ने शक्तिको विकास हुनेछ, अध्यक्ष श्रेष्ठले वताए । खेलकुदले व्यक्तिको जीवनमा निखारता ल्याउने मात्र होईन, समृद्ध समाजको आधार निर्माण गर्दछ । विश्वमा देशको पहिचान खेलकुदको माध्यामवाट भएको हुदाँ खेलकुदमा निरन्तर लाग्न समेत अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भएको वताए । पालिका खेलकुद र खेलाडीको विकासको लागी सदैव तत्पर रहेको हुदाँ नियमित खेलमा लाग्नुपर्ने वताए । पालिकाले खेलकुदको विभिन्न विषयमा कार्यक्रम नै वनाएर खेलकुदमा लाग्न प्रेरित गरेको हुदाँ यसको प्रर्वद्दनमा सवै लाग्नुपर्ने वताए ।

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष अनिल पाण्डेले पालिकालाई समृद्ध वनाउनका लागी खेलकुदलाई प्राथमिकतामा राखेर अगाडी वढ्नुपर्ने वताए । पालिकामा छुट्टै रंगशाला निर्माणका लागी पालिका लाग्नुपर्ने हुदाँ खेलकुद विना जीवन सहज नहुने वताए । कार्यक्रममा खेलकुद विकास समितीका पुर्व उपाध्यक्ष मनिराज थापाले विद्याथी जीवनदेखी नै खेलकुदमा अभ्यस्त हुनुपर्ने वताए । खेलकुदमा सवैको प्राथमिकतामा नपरेको हुदाँ समाज रुपान्तरणका लागी खेलकुद मेरुदण्ड भएको वताए ।

कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत विशिष्ट व्यक्तित्वहरुले कार्यक्रममा धारणा राखेका थिए भने कार्यक्रमको संचालन महेश भट्टराईले गरेका थिए । प्रतियोगिता यहि माघ ५ गतेसम्म चल्नेछ ।

प्रस्तुत विषयमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा गत पुष २२ गतेदेखि माघ ४ गतेसम्म संचालित ’पाचौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव–२०७९’ को समापन समारोहमा उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछु ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button