संक्रमित जति सबै होम आईसोलेसनमा

पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ। जिल्ला स्वास्थ्य कार्यालय तनहँुको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित दुई सय २० रहेका छन्। त्यसमध्ये दुई सय १ होम आइसोलेसनमा बसेका छन्। बाँकी १९जना संस्थागत आइसोलेसनमा बसेका छन्। कार्यालयमा प्रमुख शंखरबाबु अधिकारीकखा अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो।

’लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे’ उनले भने, ’घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो।  छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ।’ यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ। लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ। लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख अधिकारी बताउछन्।

होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ। घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ। हाल होम आइसोलेसनमा सबैभन्दा बढी व्यासमा ८५ जना बसेका छन्। भानुमा २७,भिमादमा २२,शुक्लामा २० रहेका छन् । हाल सम्म तनहँुमा एक हजार २ सय ३१ जनामा सक्रमण पुष्टि भएको छ । जसमा ८ सय २४ जना निको भएका छन् भने १७ जनाको मुत्यु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button