तनहँुमा हाल सम्मकै उच्च कोरोना संक्रमित फेला

दमौली खबर संवाददाता
पछिल्लो २४ घण्टामा तनहँुका दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका र देवघाट गाँउपालिकाको १÷१ महिला संक्रमितको ज्यान गएको विज्ञप्तीमा उल्लेख छ । यो सँगै संक्रमणबाट ज्यान जानेको संख्या ४३ पुगेको छ । त्यस्तै एकदिन तनहँुमा हाल सम्मकै उच्च एक सय १२ कोरोना संक्रमित फेला परेका छन् । निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ५० महिला र ६२ पुरुषमा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ४३ पुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button