सुविधा की सास्ती ! भत्ता बुझ्‍न बैंकमा पनि लाईन

स्थानीय तहको निर्वाचनमा धेरै बाडिएको आश्वासन र प्रतिवद्धता मध्य एक हो, सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्छौं। धेरै जेष्ठ नागरिकहरु यहि आश्वासनले गर्दा खुसी पनि भए।‘अब घरमै बसेर भत्ता पाईने भयो’ भनेर सोचेका जेष्ठ नागरिकहरु भत्ताकै लागि बैंकमा लाईन बस्नु परेको छ । ६८ वर्षीया नानुमाया भुजेललाई बोकेर भित्र बाहिर गराउनुपर्छ। हिड्डुल गर्न नसक्ने यीनै भुजेल भत्ता बुझ्न बुहारीले म्याजिक रिजार्भ गरि भानु २ फुसे्रटार ल्याईन्। घरबाट म्याजिकमा एक घन्टामा वैंक आईपुगे ।‘हिड्नै सक्दिन, बुहारीले बोकेर भित्र बाहिर गराउछिन्। भत्ता बुझन बैंकमा आउन समेत दुःख छ’ भुजेलले भनिन्,‘हिड्नै नसक्ने हामी जस्ता बैंकमा लाईनमा बस्नु परेको छ।’ स्थानिय सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्दा पनि सेवाग्राहिले सास्ती भोग्नु परेको छ। जिल्लामा रहेको दश वटै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिरहेका छन् । भानु नगरपालिका २ लगायत अन्य वडाको सामाजिक सुरक्षा भत्ता फुसे्रटारमा रहेको ग्लोबल आइएमई बैक मार्फत वितरण गर्दै आएको छ।नगरपालिकाले सम्झौता गरेको बैंकबाट भत्ता वितरण गरिदै आएको वडा अध्यक्ष अजुर्नबहादुर के.सीले बताए । उनले भने,‘नगरपालिकाले सम्झौता गरेको बैंकबाट भत्ता वितरण गरिएको छ ।

कुनै बैंकले घर घरमा पुगेर भत्ता बाडेका छन् भने कसैले बैंकबाटै बाडेका छन् । ’ त्यस्तै व्यास नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिरहको छ। नगरपालिकाका विभिन्न वडाले फरक फरक बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘पहिलो किस्ताको लागि सेवाग्राहिले केही गाह्रो मान्‍नु भयो तर, दोस्रो किस्ता बाट सजिलो मान्नु भएको छ’उनले भने–‘एक पटक खाता खोलेपछि बैंकमा पटक पटक जानु पर्दैन्, चेक हुन्छ।त्यही चेक काटेर भत्ताको रकम आवश्यक पर्दा जहिले निकाल्दा पनि हुने भएपछि सेवाग्राहिलाई सजिलो भएको हो ्। बैंक बाट कारोवार गर्दा सुरक्षित पनि हुनेभयो।’ व्यास ६ र व्यास ९को भत्ता वितरण गर्न पाएको महालक्ष्मी विकास बैंकले गाँउमै पुगेर भत्ता वितरण गरेको छ । शाखाका प्रमुख सुदिप न्यौपाने भने,‘जेष्ठ नागरिक भत्ता वुझन आउ जाउ गर्न नसक्ने भएकाले वैंकका कर्मचारी सुरक्षा सजि गाउँमा पुगेर भत्ता वितरण गरिन्छ ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button