प्रश्न

कमल खनाल
मैले मृत्यूबरण गर्नेहरूलाई
दिनहू जसो
श्रद्धान्जली दिने गरेको छु
फेसबुक भरी राखिएका
सबै दुखद मृत्युहरूमा
अलिकति पानि चढाएर
रूने गरेको छु

फेसबुकले मलाई दिनहू
रूवाउने गरेको छ
मलाई सबै मृतकहरू
मेरै परिवार जस्तो लाग्छ
त्यसैले
पीडा बोध गरिरहेको छु
यो समय यसै पनि
मेरो बिरूद्ध छ
म सधै सबै को
सुस्वास्थ्यको कामना गर्दछु
उ दिनहू मृत्युको संख्या तोक्छ
अनि
मलाई नै दुख दिन्छ
हरेक दिन जसो म
आत्मालाई रूवाउदै रूवाउदै
अंजुलिले पानि चढाएर
श्रद्धान्जली दिने गरेको छु।
उ स्वास्थ्य उपचार
राम्रो छ भन्छ

अब धेरै भयो रोक भन्छु
उ मान्दैन
पर्ख पर्ख भन्छ
खै किन हो
उ पनि निरास छ
सुने
उसको बाबाको मृत्यु भएकोछ
दिनहू मर्नेहरू संग
ऊ मरेको छैन
उ एकलै मरेको छ
सधै तोकिने मृत्युको संख्या भित्र
ऊ पर्दैन
उ भ्याक्सिन लगाएर मरेको हो
उ अक्सिजन लिदालिदै मरेको हो
भ्यान्टिलेटरमा सुतेर मरेको हो
उपचारको सुबिधा भित्र मरेको हो
बाच्नै नसक्ने उमेर भएर मरेको हो
त्यसैले
उ एक्लै मरेको हो
दिनहू तोकिने मृत्युको संख्यामा
उ पर्दैन।

मृत्युको संख्या भित्र पर्न
न्यूनतम उपचार नपुगेर
मरेको हुनु पर्छ
एम्बुलेन्सको सेवा नपुगेर
मरेको हुनु पर्छ
पैसा खर्च गर्न नसकेर
मरेको हुनुपर्छ
तव न मरेको ठर्हछ
अव
म दुविधामा परे
उसको बाबालाई
अंजुलीले पानि चढाएर
श्रद्धान्जली दिउ कि नदिऊ?

तनहुँ
२०७८\२\६

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button