प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई

तनहुँ, भदौ ११ गते । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुट्नुभएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ को प्रदेश सभा सदस्यमा उम्मेदवार हुने तयारीमा जुट्नुभएको हो । आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक छलाङ मारेको व्यक्ति हुनुहुन्छ नेता भट्टराई ।
जुझारु नेता भट्टराई नेविसङघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, निष्ठा, इमान्दार र कतव्र्यनिष्ठ भई गरेकाले नै राजनीतिमा छलाङ मार्न सहज भएको छ । यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ र जिल्लामा सबैले उहाँको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् । युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराई बताउनुहुन्छ । देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन  देशकै नेता बन्नुपर्ने भट्टराई बताउनुहुन्छ ।‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले बताउनुभयो । युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउनुहुन्छ । ‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो’ नेता भट्टराईले बताउनुभयो ।  हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएझैं तनहुँमा नमुना काम गरेर देशकै नेता हुन सक्नुपर्ने भट्टराई बताउनुहुन्छ । ‘२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैबाट गर्न चाहन्छु भट्टराईले भन्नुभयो युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं’ । अब केवल आफ्नो बारेमा सोच्ने नेता हैन, आफू धनी हुने नेता हैन नेपाललाई धनी बनाउने नीति चाहिएको भट्टराईको भनाइ छ ।
राजनीतिक पार्टीसँग जनता खुसी नभएको अवस्थामा जनताको मुहारमा खुसी ल्याउने काममा आफूहरु क्रियाशील हुने प्रतिवद्धता उहाँ जनाउनुहुन्छ । ‘अहिले हामी गरिव राष्ट्रमा छौं, विगतमा हामी धनी र आत्मनिर्भर थियौं भट्टराई भन्नुभयो, हामी जन्मिदै गरिब थिएनौं  विस्तारै विस्तारै गरिब भएका हौं यसको प्रमुख कारण हाम्रा  नेतालाई आज सम्म पनि देश कसरी धनी हुन्छ भन्ने नीति थाहा नभएकोेले गरीव भएका हौं’ । जल, जमिन, जडिबुटी के बाट आम्दानी गर्ने हो त्यसप्रति ध्यान दिनुपर्ने उहाँ जोड दिनुहुन्छ । सुरुमा हामी अव कृषिमा आत्मनिर्भर बन्नुपर्छ विस्तारै राजनीतिमा पनि आत्मनिर्भर बन्दै जानुपर्ने भट्टराईले बताउनुभयो ।
२०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिनु भएको हो युवा नेता भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उहाँ बताउनुहुन्छ । तेज दिमागका नेता भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै हुनुहुन्छ । उहाँले समाजशास्त्रमा प्रथम श्रेष्णीमा स्नातकोत्तर गर्नुभएको छ ।
 को हुन् दीपक भट्टराई ?
तनहुँको व्यास नगरपालिका– ११ रामथुम्कीमा बुबा श्रीराम भट्टराई र आमा स्व.धर्मकला भट्टराईको कोखबाट जन्मनु भएका भट्टराईको विद्यालय जीवनदेखि नेविसंघमा आवद्ध भई सक्रिय राजनीतिमा होमिनु भएको थियो । उहाँ मात्रै होइन भट्टराई परिवारको तीन पुस्ता नै तनहुँको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छ । हजुरबुबा बलराम भट्टराई शास्त्री तनहुँ जिल्लामै शास्त्री (स्नातक) गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । जिल्लामा शास्त्री गर्ने पहिलो व्यक्ति भएकोले नै उहाँले नामको पछाडि भट्टराई शास्त्री लेख्नुहुन्थ्यो । उहाँ २०२५ सालमा खुलेको दमौलीस्थित निर्मल माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक हुनु भएको थियो । मावि तहको प्रअ हुन स्नातक गरेको हुनुपर्ने तर अन्य व्यक्तिको यस्तो योग्यता नपुगेपछि बलराम भट्टराई शास्त्रीलाई नै प्रअ बनाएर विद्यालय सञ्चालन गरिएको थियो ।
व्यास नगरपालिका–११ फराकचौरमा वाराही माध्यामिक विद्यालय स्थापनामा समेत शास्त्रीको ठुलो योगदान थियो । शास्त्री तत्कालीन फराकचौर (दमौली) पञ्चायतको दुई पटक प्रधानपञ्च बन्नु भएको थियो । सरकारी सेवामा निर्वाचन आयुक्तको जिम्मेवारीबाट राजिनामा दिएर शास्त्री समाजसेवा प्रवेश गर्नु भएको थियो । उहाँकै कार्यकालमा दमौलीको बजारको नमुना डिजाइन र प्लानिङ गरिएको थियो । भट्टराईको बुबा श्रीराम भट्टराईको राजनीतिमा ठुलो योगदान छ । बीपी कोइरालाको प्रेरणाले राजनीतिमा लाग्नु भएका उहाँ राजद्रोह मुद्धामा २०२९ साल माघ २२ गतेबाट ठीक दुुई वर्ष कास्की कारागारमा बस्नु भएको थियो । बरिष्ठ पत्रकार कृष्ण केसी, तनहुँका बद्रीहरि भट्टराई पनि पोखरामा सँगै पर्नुभएको थियो । त्यसअघि उहाँ एक वर्ष भूमिगत जीवन विताउनु भएको छ । बुबा श्रीराम भट्टराई नेपाल तरुण दलको जिल्ला सदस्य समेत बन्नु भएको थियो । उहाँ निर्मल माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षण समेत गर्नुभयो ।
काँग्रेसमा पारिवारिक योगदान रहेका गर्भे काँग्रेस युवा नेता भट्टराई २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनदेखि विभिन्न विद्यार्थी आन्दोलनमा दजनौं पटक लाठा, भाटा खाने र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो  । काँग्रेसको १४ औं महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यको प्रत्यासी हुुनु भएको थियो । कुनै पनि प्यानलमा नपरे पनि भट्टराईले सम्मानजनक मत ल्याउनु भएको थियो । भट्टराईले त्रिचन्द्र क्याम्पसमा इकाई सदस्य बनेर आफ्नो राजनीतिक कर्मलाई अगाडी बढाउनु भएको थियो । २०५५ सालमा गगन थापा सभापति हुँदा सो क्याम्पसमा युनियन सहसचिव हुनु भएको थियो । त्रि–चन्द्र क्याम्पसमा नेविसंघले अन्याय गरी टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र भई लडेर २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित हुनु भएको थियो । त्यसपछि २०५७ र २०६० नेविसङ्घको केन्द्रीय सदस्य हुनुभयो । युवा नेता भट्टराई काँग्रेसको १३ औं र १४ औं महाधिवेशनमा तनहुँबाट भारी मतमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको थियो ।
त्रिचन्द्र कलेजको सुधारदेखि, त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी हकहितको पक्षमा उहाँले धेरै नीतिगत लडाईहरु लड्नु भएको छ । हिजो व्यवस्था परिवर्तनको लगि लडें अब अवस्था परिवर्तनको लागि लडेको छु’ भट्टराईले भन्नुभयो । शिक्षा परिवर्तनको आधार हो, समृद्धिको आधार हो, शिक्षा नै विकासको मेरुदण्ड भएको भट्टराईले बताउनुभयो । युवा शक्ति केवल भविष्यका कर्णद्धार मात्रै हैन वर्तमानका साझेदार पनि हुन् तसर्थ पार्टीले उम्मेदवार बनाउँछ भन्नेमा उहाँ ढुक्क हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button