समाजद्धारा पत्रकार राना र न्यौपानेलाई सम्मान

दमौली खबर संवाददाता
दमौली, भदौ १५
तनहुँ समाज हङकङले तनहुँ दुई पत्रकारलाई बुधबार दमौलीमा सम्मान गरेको छ ।  समाजको स्थापना दिवसको अवसरमा पत्रकारलाई जिल्लामा क्रियाशिल पत्रकार प्रताप राना र कृष्ण न्यौपानेलाई सम्मान गरेको हो ।
समाजले जिल्लामा गरेको सामाजिक कामलाई सञ्चारमाध्यमको तर्फबाट प्रचारप्रसारमा सहयोग पु¥याए बापत सम्मान गरिएको समाजले जनाएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रशंसापत्र र नगद पुरस्कार राशी रु. पाँच हजारले सम्मान गर्नुभयो  । सो अवसरमा नगरप्रमुख न्यौपानेले तनहुँ समाज हङकङले विगतदेखि नै तनहुँको समाजिक क्षेत्रमा योगदान गरेको चर्चागर्दै नगपालिकाले सञ्चालन गरेको पिसिआर प्रयोगशाला स्थापना, कोभिड व्यवस्थापन सँगै विभिन्न रोग लागेकाहरुलाई आर्थिक सहयोग गरेको स्मरण गर्नुभयो ।  तनहुँ समाज हङकङका निर्वतमान अध्यक्ष जंगबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष भीमराज गुरुङले समाजमा आवद्ध सदस्यहरुको सहयोगले तनहुँमा विभिन्न कल्याणकारी काम गर्न सफल भएको बताउनुभयो ।
             सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, जिल्ला अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार (बिबि) श्रेष्ठ लगायतले जिल्लामा गरेको सामाजिक कामको चर्चा गरेका थिए । समाजले तनहुँमा लामो समय वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले सञ्चालन गरेको पुस्ताकालय, दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको पुस्ताकालय लगायतमा मद्धत गरेको छ । विशेष गरी उपचारको लागि आर्थिक अभावमा छटपटिएका परिवारजनलाई समाजले सहयोग गर्ने गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button