तनहुँकै उत्कृष्ट सहकारी बन्दै सत्यवती सहकारी

दमौली खबर संवाददाता
दमौली, असोज ३ । व्यास नगरपालिका–३ दमौली स्थित सत्यवती बचत तथा ऋण सहकारी सस्था जिल्लाको उत्कृष्ट सहकारी बन्न उन्मूख भएको छ । स्थापना भएको छोटो अवधिमै यस सहकारीले आफ्नै भवन बनाउन सकेको छ भने नौ करोड ७२ लाख ७७ हजार निक्षप संकलन गर्न सफल भएको छ । चुस्त, दुरुस्त, पारदर्शी, शसक्त रुपमा काम गर्न सकेकाले यस सहकारीले छलाङ्ग मार्न सफल भएको हो ।
यस सहकारीको  ११ औं बार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले नेपालको आर्थिक विकासमा तीन खम्बे नीति रहेको बताउनुभयो । उहाँले सरकारी निकाय, नीजि र सहकारी क्षेत्रबाट सयुक्त लगानी गरेर  देशको विकास हुने भएको बताउदै सहकारीले छरीएर रहेको पूँजीलाई एकृकृत गरी अप्ठयारो परेकाहरुलाई ऋढा प्रवाह गर्नु सहकारीको काम रहेको बताउनुभयो । साथै वाग्लेले सत्यवतीले कुशल व्यवस्थापनले गर्दा जिल्लाकै उत्कृष्ट सहकारी मध्यमा चर्चा हुने गरेको बताउनुभयो ।
सहकारीका अध्यक्ष सूर्यचन्द्र हड्खलेले आर्थिक कारोबार प्रष्ट रुपमा प्रस्तुत गर्न सक्ने गरी लेखापद्धतिलाई चुस्त, दुरुस्त एवं पारदर्शी राखिएकोले नमुना सहकारी बन्न सफल भएको बताउनुभयो ।  २०६८ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी ४ करोड ५४ लाख ७७ हजार नौ १३ रुपियाँ रहेको छ । ५० जना शेयर सदस्यबाट सुरु गरेको यस सहकारीको हाल एक हजार ७८ जना शेयर सदस्य रहेको अधिवेशनमा जानकारी दिईएको थियो । कार्यक्रममा सचिव नारायणप्रसाद ढकालले सचिवको र मनबहादुर रुचालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा  वडा नम्बर १ का वडाध्यक्ष  रमेशचन्द्र हड्खले, व्यास नगरका निवर्तमान शिक्षा प्रमुख नगेन्द्र रेग्मी, प्रेश युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, राष्ट्रिय सहकारीकी संगिता भट्टराई लगयतले सहकारीको महत्वका बारेमा चर्चा गर्नु भएको थियो  । त्यस अवसरमा बाल बचततर्फ सुवेक्षा श्रेष्ठ, दैनिक वचत तर्फ यमुना भट्टराई, उत्कृष्ट बचतकर्ता शुशिला कार्की, जेष्ठ नागरिक बचततर्फ नारयणदत्त पौडेल, असल ऋणी तर्फ बर्षा नेपाली र उत्कृष्ट कर्मचारी अस्मि चौधरी, सबैभन्दा पहिला कार्यक्रममा आउने विष्णु खनाललाई सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button