महाशिवरात्रीमा व्यासभूमी दमौलीमा महाशिवरात्रीमा ध्यान र होमन साधना

दमौली खबर संवाददाता

दमौली ७ फागुन

महाशिवरात्रीमा व्यासभूमी दमौलीमा महाशिवरात्रीमा ध्यान र होमन साधना कार्यक्रम गरिएको छ । वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले कार्यक्रम गरेको हो हो । प्रतिष्ठानले वडागुरु वेदव्यासको जन्म तथा तपोभुमिमा ध्यान र होमन साधना मार्फत् महाशिवरात्री पर्व मनाइरहेको छ ।

शनिवार विहान ७ वजे देखि सुरु भएको साधना आइतवार विहान सम्म सञ्चालन हुने संस्थाले जनाएको छ । विहिवार विहान प्रतिष्ठानको दमौली स्थित आश्रममा ४ घण्टा योग साधना पश्चात् मादीसेती संगममा जल तथा जल तटमा मृत्युञ्जय भैरव साधना गरिएको थियो । उत्त साधना पश्चात् पुन आश्रममा ४ घण्टा विभिन्न साधना सहित शक्तिपात साधना सञ्चालन गरिएको थियो ।

त्रयोदशि तिथि महाशिवरात्री र शनिवारको संयोग विरलै हुने हुँदा अहिलेको शिवरात्रीमा साधकहरुलाई विशेष शक्ति साधना, रोग निवारक साधना, धनलाभ साधना, शत्रु नाशक साधना प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य सद्गुरु खेमराज अधिकारीले वताउनुभयो ।

आइतवार विहान सम्म सञ्चालन हुने गरी गल्वुवेशि स्थित वालरुद्र शिवालयमा होमन साधना चलिहरेको छ । साधनामा तनहुँ, संगै चितवन लगायत केही जिल्लावाट साधकहरु सहभागि भएको संस्थाका प्रवक्ता सुदीप काफ्लेले जानकारी दिनुभएको छ ।

संस्थाले वेदव्यासको जन्मभुमिलाई केन्द्रमा राखेर आध्यात्मिक कार्यहरु गर्ने अभियानका रुपमा अन्य कार्यक्रमहरु संगै यस वर्ष देखि विद्यालयहरुमा सकारात्मक सोच विषयक प्रशिक्षण कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको संस्थाका सचिव दिर्घ दरैले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button