गृहमन्त्रीमा गण्डकीका खगराज नियुक्त

दमौली खबर संवाददाता
 नेपाल सरकारको गृहमन्त्रीको रुपमा गण्डकी प्रदेशबाट खगराज अधिकारी नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै अधिकारीलाई गृहमन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् । वि.सं २०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसंगै सक्रिय राजनीतिका रहेका अधिकारी लामो समय भुमिगत राजनीतिक जीवन विताएका छन् । २०३६ सालमा  विद्यार्थी आन्दोलनका अगुवाई गरेका उनी दुईपटक पोखरा स्थित पृथ्वी नारायण क्याम्पसको स्ववियु सभापति बने । पंचायत विरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले पाँच वर्ष जेल जीवन विताएका छन्। अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखी ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए । नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्य र पोलिटव्युरो सदस्य समेत बने ।

नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रिय सदस्यमा एक मतले मात्रै पराजीत अधिकारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनेका थिए । तत्कालीन गण्डकी अन्चल कमिटीको सचिव हुदैं संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की क्षेत्र नं १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए । त्यससमय तत्कालिन एमाले संसदीय दलको नेता रहेका मनमोहन अधिकारीले उनलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । उनी २०५६ र २०६४ सालको निर्वाचनमा उम्मेदवार बनेपनि पराजीत भए । २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनेका अधिकारीले नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए ।

आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयको वेथितीलाई चिर्न सफल बनेका उनी सफल स्वास्थ्यमन्त्रीको रुपमा परिचित छन् । नेपालको संविघान जारी भइसकेपछि २०७३ सालको प्रतिनिधी सभामा कास्की क्षेत्र नं १ बाट करिब १४ हजार मतान्तरले निर्वाचित अधिकारी नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक बनेका थिए । हाल नेकपा एमाले स्वास्थ्य विभाग प्रमुख रहेका अधिकारीकै पहलमा गतसाता सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि ल्याएको अध्यादेशको मस्यौदा ल्याएको छ । सादा राजनीतिक जीवन,कार्यकर्तामा अत्यन्तै सरल रुपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरु विकासप्रेमी नेताको रुपमा लिने गर्दछन् । २०१८ सालमा कास्कीको वेगनासमा जन्मिएका अधिकारीले नेपालीमा स्नातकोत्तर गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button