म्याग्दे गाउँपालिकाद्धारा १५७ जनालाई निस्सा वितरण

दमौली खबर संवाददाता
     म्याग्दे, पुस १० । तनहुँको म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण सुरु गरेको छ । पालिकाले वडा नं १ बाट वितरण सुरु गरेको हो । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, राष्ट्रिय भुमि आयोगको जिल्ला सदस्य सर्वदा खनाल घिमिरे, वडाध्यक्ष मणिभद्र वाग्ले निस्सा वितरण गर्नुभयो ।
अव्यवस्थित वसोवासीमा एक हजार १५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे–१, मा अव्यवस्थित तर्फ ११७ जना, भुमिहिन सुकुम्वासी तर्फ १५ जना र भुमिहनि दलित तर्फ २५ जना गरि कुल १५७ जनालाई निस्सा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।  लगत संकलन कार्यविधिको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूची ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी गाँउपालिका अध्यक्ष श्रेष्ठले जग्गा प्राप्तिको लागी शुरुवाती चरण थालनी भएको वताउनुभयो । अव सुकुम्वासी र भुमिहिनलाई जग्गाको स्वामित्व दिलाउने कामको शुरुवात भएको छ । अव प्रक्रिया अन्र्तगत अन्य काम हुनेछ । निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने हुदाँ अव जग्गाको नाँपजाँचको काम सुरु हुने वताउनुभयो । यो कार्यक्रम पहिला देखी नै शुरुवात भएता पनि सरकारको अस्थितरताले गर्दा मुर्त रुप नपाएको हुदाँ जहाँ सम्म कामको प्रक्रिया पुगेको छ, त्यहिवाट शुरु हुने हुदाँ नआत्तिन आग्रह गर्नुभयो ।
यसैगरि विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष घिमिरेले पालिकाले विभिन्न गतिविधी गर्दै आएको वताउनुभयो । निस्सा वितरणका शरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनले गर्दा  ढिलो भएको वताउनुभयो । पालिकाले जग्गाको वर्गिकरण पनि सकेको र केही समय पछि जग्गाको समस्या समाधान हुने समेत वताउनुभयो । पालिका जनताको आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम ल्याएको हुदाँ सकारात्मक सुझावको अपेक्षा राखेको समेत वताउनुभयो ।
यसैगरि राष्ट्रिय भुमि आयोगको सदस्य घिमिरेले तनहुँमा भुमि आयोगको काम प्रभावकारी ढङ्गले अगाडी वढेको वताउनुभयो । आयोगको काम निर्वाचनले गर्दा ढिलाई भएता पनि अव सरकारले यो समस्या समाधानका लागी लागिपरेको वताउनुभयो । तनहुँको देवघाटमा जग्गाको नापी समेत भईसकेको हुदाँ अव जिल्लामा तिव्रताका साथ काम अगाडी वढ्ने वताउनुभयो । निस्सा वितरण कार्यक्रम पुस १० गते १ नं वडा कार्यलयवाट सुरु भई, पुस ११ गते २ नं वडा कार्यलय, पुस १२ गते ३ नंं वडा, पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button