चिर्पट प्रहार गरी आमाको हत्या

जिल्लाको व्यास नगरपालिका वडा नं १२ दरैपधेंरामा चिर्पट प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । सोही ठाँउका ३३ वर्षीय प्रेम दरैले आफनी ७२ वर्षीया लक्ष्मी दरैलाई चिर्पट प्रहार गरि हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहँुले दिएको जानकारी अनुसार दरैले मादक पदार्थ सेवन गरि आफनी आमालाई प्रहार गरेको चिपर्ट लागेर घटना स्थलमै ज्यान गएको हो ।

दरैलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए । उनले भने,‘घटनाको प्रारम्भिक अनुसन्धान गर्दा छोराले मादक पदार्थ सेवन गरि छोराले आमा माथि आक्रमण गरिएको देखिन्छ । दरैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button