तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्यमा पौडेल र प्रदेश सभा १ (क)मा श्रेष्ठ तथा (ख) मा चुमान विजयी

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर ८ गते ।  तनहुँ–१ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका  नेता रामचन्द्र पौडेलले विजयी हुनु भएको छ ।  पौडेलले प्रस्तिपर्धी एमालेका एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले विजयी हुनुहुभयो ।
कुल खसेको मत ६८ हजार १७५ मत मध्ये सत्ता गठबन्धनका साझा पौडेलले २५ हजार ३१३ मत प्राप्त गर्नुभयो भने एमालेका रानाले १९ हजार ९२५ मत प्राप्त गर्नुभयो । वरिष्ठ नेता पौडेलको यो छैंटो पटक विजय हो । २०४८ साल देखिका सबै निर्वाचनमा विजयी हुनु भएपनि यस अघिको निर्वाचनमा पौडेलले तत्कालिन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित हुनु भएको थियो ।
यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ भारी मतान्तरले विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका श्रेष्ठ प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले भन्दा चार हजार २१८ मत प्राप्त गर्नुभयो ।
श्रेष्ठले १५ हजार ३६३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । गुरुङले ११ हजार १४५ मत प्राप्त गरेका छन् । यो प्रदेशमा ३६ हजार ४३१ मत खसेको थियो । प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ । यसअघि निर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गरि गुरुङ विजयी हुनु भएको थियो । प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर गुरुङले ११ हजार १४५ मत प्राप्त गरेका छन् । यो प्रदेशमा ३६ हजार ४३१ मत खसेको थियो । प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ । नवनिर्वाचित श्रेष्ठ कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।
     यस्तै प्रदेश माओवादी केन्द्रबाट गण्डकी प्रदेशको मूख्यमन्त्रीका दाबेबार हरिबहादुर चुमान गण्डकी प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनु भएको छ  । चुमान तनहुँ १ (ख) बाट भारी मतान्तरले विजयी हुनु भएको हो ।
सत्ता गठबन्धनका साझा उम्मेदवार चुमानले कुल ३० हजार ३८१ सदर मत मध्ये १३ हजार २७१ मत ल्याएर विजयी हुनु भयो  । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४९८ मत पाउनुभयो । गुरुङ चुनाव अघि नेपाली कांग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गर्नुभयो  । २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार चुमानले सोही निर्वाचन क्षेत्रबाट  नेपाली कांग्रेसका उम्मेदवार रघुनाथ पौडेललाई ३ हजार ४७९ मतान्तरले पराजित गर्नु भएको थियो  । चुमानले १५ हजार ३६० मत र पौडेलले ११ हजार ८८१ मत प्राप्त गर्नु भएको थियो । चुमानले पृथ्वीसुब्बा मूख्यमन्त्री भएको बेला गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री बन्नु भएको थियो । सत्ता गठबन्धनले  विजयी उम्मेदवारहरुलाई बिहीबार दमौलीमा बधाई ज्ञापन गरेको छ । क्षेत्र नम्बर १ बाट विजयी नेता पौडेल, श्रेष्ठ र चुमानलाई तथा क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा नव निर्वाचित कांग्रेसका शंकर भण्डारी र प्रदेश ख बाट निर्वाचित जीत प्रकाश आलेलाई बधाई ज्ञापन गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button