तनहुँमा अझै नियन्त्रणमा आएन डेंगु

दमौली खबर संवाददाता
तनहुँ समाचारदाता÷अमरराज नहर्की
तनहुँ, मङ्सिर ७ गते । तनहुँमा डेंगुको सङ्क्रमण जाडो बढ्दै गएसँगै कम हुँदै गएपनि नियन्त्रणमा भने आएको छैन । असोज महिना देखि फैलिएको  डेंगुको सङ्क्रमण मङ्सिरको पहिलो हप्तासम्म पनि फैलिरहेको छ ।
मङ्सिरमा  २ जनाको संक्रमण भएको दमौली अस्पतालका निमित्त प्रमुख डा. दिवस ढकालले बताउनुभयो । असोजमा ३५० जनाको परिक्षण गर्दा १३६ जना सङ्क्रमण भएको पाईएको र कात्तिकमा ३९३ जनाको परिक्षण गर्दा १०२ जनाको पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो । ‘जोडो बढेसँगै कम हुँदै गएपनि अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन  डेंगु फैलाउने लामखुट्टेबाट सर्तक रहन जरुरी छ’ डा. ढकालले भन्नुभयो ।
अस्पतालमा डेंगुको परीक्षण हुँदा सङ्क्रमित भेटिंदै गएको अस्पतालले जनाएको छ  । अस्तपालका अनुसार उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शङ्का लागेर सोमबार रगत परीक्षण गर्दा डेंगु पहिचान भएको हो ढकालले बताउनुभयो । डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्न लगायतका चिन्ह र लक्षणहरु देखापर्ने चिकित्सहरु बताउँछन् ।
लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोत्तल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर लगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्न चिकित्सकले सल्लाह दिएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button