गुडिरहेको ट्रकमा आगोलागी

पोखरामा सिमेन्ट पुर्याएर फर्केको लु २ ख ११९ नम्बरको मालवाहक ट्रक आगलागी हुदाँ पूर्णरुपमा क्षती भएको छ । व्यास १२ देउरालीमा पुग्दा अचानक वायरिङ सर्ट भएकाले आगलागी हुदाँ ट्रकको अगाडिको भागपूर्ण क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय तनहँुले दिएको जानकारी अनुसार विहान करिब सवा ५ बजे उक्त घटना भएको हो ।

गुडीरहेका ट्रकमा अचानक आगोलागी भएपछि चालक सडकमा झरेका थिए । स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाएको थियो । घटनामा चालक र सहयोगी पहिल्यै गाडीबाट ओर्लिएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button