उपचारको लागि शिविरको भर !

लमजुङ दुईपिप्लेकी सानुमाया गुरुङ उमेरले ५५ नाघिन् । उनलाई तल्लो पेट दुख्ने समस्याले सताएको छ। उपचारको लागी उनि पोखरा जान खोजीकी थिईन् । तर उनको आर्थीक अवस्थाको कारणले उपचार गर्न जान पाईनन् । उनि अहिले उपचारको लागि शिविरको भर परेकी छिन् ्। ‘ ठुलै रोग लाग्योकी भनेर डर लाग्छ । तर के गर्नु उपचार गर्न घरमा पैसा छैन । ’,उनले भन् ि‘अब अन्तिम आशा शिविरै हो। रोग पत्ता लाग्छ की ?’सानुमायालाई मात्रै होइन, उनकी बुहारीलाई पनि त्यस्तै समस्याले सताएको छ।

आर्थीक अवस्था कमजोर रहेको कारण उनिहरु दुबैले रोग लागेको छ की छैन भनेर थाहा पाउन सकेका छैनन् । तर लामो समय रहदै आएको उनिहरुको डर भने शनिबार हटेको छ । व्यास नगरपालिकाले आयोजना गरेको महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धी निःशुल्क बृह्त शिविरमा दुबै जनाले उपचार गराएका थिए । उनिहरुले शिविरमा परिक्षण गर्दा खानपिनले गर्दा उक्त समस्या भएको चिकित्सकले बताए ।

जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले भनिन्,‘ आर्थीक अभावले ग्रामिण भेगका महिला स्वास्थ्य समस्या पालेर बसेका छन्’, उनले अघि भनिन्, ‘स्वास्थ्य सम्बन्धि समस्या घटाउँदै उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य शिविरबाट समस्याको पहिचान हुने र थप उपचारको लागी स्वास्थ्य संस्था सम्म जाने वातावरण निर्माण हुन्छ।’ व्यास नगरपालिका वडा न ७ कलेस्तीमा गरिएको १ सय १९ जनाले आफनो पाठेघरको क्यान्सर सम्बन्धी परिक्षण गराएका थिए । जस मध्ये एक जना महिलामा पाठेघरको क्यान्सर भएको पाईएको छ ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीका अनुसार शिविरबाट २५ जनाको पाठेघर भित्र घाउ भएको र ७ जनाको पाठेघर खस्ने गरेको समेत पाईएको बताए । पाठेघर खस्ने समस्या भएका मध्ये ५ जनाको मा पाठेघार रिङ राखिएको उनले बताए । उनले भने,‘पाठेघरमा क्यान्सर भएको महिलालाई निशुल्क उपचार हुने अस्पतालमा अपरेशनको लागि पठाईन्छ । ’ उनले अघि भने,‘पाठेघर खस्ने समस्या भएका मध्ये २ जनालाई शारिरिक व्याम गर्न सुझाव दिएका छौं । ’

उनले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताए । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुति रोग विशेषज्ञ डा सिर्जना शर्माको नेतृत्वको टोलिले उपचारमा खटेको थियो।

टिममा नर्सिङ अधिकृत राधिका रेग्मी,अस्पताल नर्सिङ निरिक्षक पुस्पा महर्जन लगायत ५जनाको टिम र व्यास नगरपालिकाका स्वास्थ्य कर्मचारी हरूको सहभागीता रहेको थियो। शिविरको उद्घाट नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राही मध्ये सबैभन्दा बृद्व महिला सेतीमाया केसीलाई विरामी उपचार पुर्जि दिएर गरेका थिए । उनले पाठेघरको मुखको क्यान्सर बारे सचेत हुदै वेलैमा उपचार गराउन यस्ता शिविरहरूले प्रभावकारी हुने तथा नगरपालिकाले विगतका बर्षहरू देखिनै पाठेघर को मुखको क्यान्सर सम्बन्धि निशुल्क शिविरहरू गर्दै आएको र अति सम्वेदनशील अबस्थामा रहेका महिलाहरूको थप उपचार समेत नगरपालिकाले नै गर्दिने धारणा राखेका थिए।

शिविरमा नगरपालिकाकी उपप्रमुख मिरा जोशिले महिलाहरू उपचार गर्न समेत लजाउने,आफ्नो समस्या भन्न पुरूष चिकित्सक सँग डराउने भएकाले महिला प्रसुति रोग विशेषज्ञको नै ब्यवस्था गरिएको जानकारी दिइन्। शिविरमा अतिथिहरू तथा सेवाग्राहीहरूलाई स्वागत गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले धेरै अनुभवि तथा प्राज्ञ विशेषज्ञको टोली आएकोले खुसी व्यक्त गर्दै विकास भनेको शिक्षा र स्वास्थ्य को सूचक सहित यिनीहरूलाई प्रभावकारी कार्यन्वयन गर्नु भएकाले स्वास्थ्य त्यसमा पनि चुनौतिपूर्ण अवस्थामा रहेको महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरका वारेमा शिविर सञ्चालन गर्न व्यास नगरपालिका सफल भएको धारणा राखे।

शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै व्यास नगरपालिकाका वडा न ७का वडाअध्यक्ष सतिशचन्द्र न्यौपानेले यस्ता शिविरहरूले ग्रामिण भेगका महिलाहरूको समस्या समेत सम्वोधन गर्ने धारणा राखे। शिविरमा कलेस्ती उपत्यका ,पाथ्रा,चिन्टुटार ,गजौडे लगाएत विभिन्न स्थानका सेवाग्राही हरूको उपस्थिती रहेको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button