खेलकुद विकास समिति तनहँुमा पाण्डे

दमौली खबर संवाददाता
जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा अनिल पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्ति गरिएको तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठका स्वकीय सचिव जगत खड्काले बताए समितिको सचिवमा तुलसी पाण्डे नियुक्त भएका छन् । त्यस्तै गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश खेलकुद परिषदले पूर्णता पाएको छ । प्रदेश सरकारले परिषदको उपाध्यक्षमा नारायण पुनलाई मनोनीत गरेको छ ।

परिषद सदस्यमा गिरमान गुरुङ, बासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घलेगुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक छन् । त्यसैगरी कास्की जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा तोरणबहादुर बानियाँ मनोनित भएका छन् । उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला) लाई मनोनयन गरिएको छ ।

स्याङ्जा जिल्ला अध्यक्षमा गिरिप्रसाद गुरुङ र सचिवमा शीतलंग केसी मनोनीत भएका छन् । लमजुङ अध्यक्षमा योगबहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेतबहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ अध्यक्षमा चिनबहादुर घले र सचिवमा नवराज गुरुङ चयन भए । गोरखा अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिनकुमार शेरचन र सचिवमा विनोद बिसी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनीत भए । परिषद सदस्य सचिवमा यसअघि नै तेजबहादुर गुरुङ नियुक्त भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button