तनहुँमा दुर्घटना हुँदा १२ घाइते

दमौली खबर संवाददाता

तनहुँ, फागुन २८ गते

पृथ्वी राजमार्गको अन्तर्गत दमौली– आँबुखैरेनी सडक खण्डमा पर्ने बन्दीपुर गाउँपालिका–१ नाहालामा शनिबार भएको दुर्घटनामा परी चालक सहित १२ जना यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रे तर्फ जादै गरेको बागमती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएर दुर्घटनाग्रस्त हुँदा ति यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ ।

गाडीका चालक नविन राइ, ५८ वर्षीय धर्मदेवी थापा, ३० वर्षीय रामप्यारी कार्की, ४५ वर्षीय कल्याणी ढुङ्गाना, ४० वर्षीय सरिता थापा गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसैगरी घाइते हुनेमा ४४ वर्षीय गङ्गा डुङ्गेल, ५० वर्षीय रत्ना थापा, गङ्गा विष्ट, ४१ वर्षीय चण्डिका श्रेष्ठ, ३३ वर्षीय सृजना गुमान्जु, ४४ वर्षीय इन्दिरा निरौला, ३२ वर्षीय शोभा थापा घाइते भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताउनुभयो ।

घाइतेहरु मध्ये ७ जनालाई रत्नहरि मोमोरियल अस्पताल दमौली र मोती मेडिकल हल डुम्रेमा प्राथमिक उपचार पश्चात ट्रमा सेन्टर काठमाडौं र ५ जना यात्रुहरुको मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जानकारी उहाँले दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button