प्रहरीलाई महालक्ष्मी बैंकको फ्लोरेसेन्ट ज्याकेट

दमौली खबर संवाददाता
जिल्लाको सदरमुकाम दमौलीमा रहेको महालक्ष्मी विकास बैंक लि.ले प्रहरीलाई फ्लोरेसेन्ट जकेट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँलाई एक सय थान फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको हो । अपराध तथा सवारी दुर्घटना रोकथामका लागि बैंकले प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको शाखाका प्रबन्धक सुदिप न्यौपानेले बताए । शाखाका प्रबन्धक न्यौपानेले उक्त ज्याकेट जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेललाई हस्तान्तरण गरे । झण्डै ५८ हजार बराबरको ज्याकेट बैंकले प्रहरीलाई सहयोग गरेको हो ।

प्रहरी उपरिक्षक पौडेललेसामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले प्रहरीलाई आफ्नो कार्यमा थप टेवा पुग्ने बताए । जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख डोलेन्द्र बहादुर हमालले बैंकले ज्याकेट उपलब्ध गराएपछि रातमा पनि सजिलै सवारी साधनहरुको चेकजाँच गर्न सकिने बताए । महालक्ष्मी विकास बैंकको हाल देश भर गरेर जम्मा १ सय ३ वटा शाखा रहेको छ । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button