एभरेष्ट बैंकको १०३ औं शाखा दमौलीमा

दमौली खबर संवाददाता

जिल्लाको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकले एक सय ३ औं शाखा विस्तार गरेको छ । व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको शुक्रबार उद्घाटन गरिएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गरे । शुभारम्भ गर्दै नगरप्रमुख न्यौपानेले बैंकले सहज र सरल सुलभ तरिकाले सर्वसाधारणलाई सेवा दिन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले राम्रा योजना छनोट गदै बैंकले लगानी बढाउनुपर्नेमा जोड दिए । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडका कारण अप्ठ्यारोका परेका व्यवसायीलाई राहत दिने खालका योजना ल्याउन सुझाव दिए ।

छब्बीस वर्ष पहिला स्थापना भएको बैंकको एघार लाख सन्तुष्ट ग्राहक रहेको बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले जानकारी दिए । उक्त बैकको १ सय ३५ एटियम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेसुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा समेत प्रवाह गदै आएको छ । बैंकले घर कर्जा, सौगात बचत खाता, सवारी साधन कर्जा, नारी बचत खाता, शैक्षिक कर्जा लगायतका सेवा प्रवाह गरिरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button