व्यास नगरपालिका १ भादगाउँ स्थित मनकामना बोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

दमौली खबर संवाददाता

दमौली, फागुन ३ ।

तनहुँको व्यास नगरपालिका १ भादगाउँ स्थित मनकामना बोडिङ स्कुलको वार्षिकोत्सव आज वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले उद्घाटन गर्नु भयो ।

सो अवसरमा हमालले नेपालको शैक्षिक क्षेत्रका सामुदायिक विद्यालय भन्दा निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेपनि राज्यले सम्मान गर्न नसकेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर बहादुर दरैको अध्यक्षमा भएको थियो । सो अवसरमा नेशनल प्याप्सनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालयका प्रिन्सिपल तिलक चौहान, केन्द्रीय महासचिव पारशमणी दाहाल,एन प्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विक, सहसचिव इश्वरराज पन्थ लगायतले मनकामना बोडिङ स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भविश्यमा थप प्रगति गरेर उदारणी विद्यालयको रुपमा ख्याती कमाउने गरी काम गर्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button