मृगौला पीडित आलेलाई विदेशबाट सहयोग

दुबै मृगौला फेला भएर उपचार गर्न नपाएका व्यास ५ का टेकबहादुर आलेलाई विदेशबाट सहयोग गरिएको छ । व्यास ५ बरबोटेमा बस्दै आएका आलेको उपचारको लागि विदेशमा रहेका नेपालीहरुले पठाएको ७१ हजार पाँच सय ९३ रुपैया प्रदान गरिएको छ । केही समय अगाडी दुबै मृगौला फेल भए डायलासिस गराई रहेका आलेलाई दुवइृ, अमेरिका र अष्टे«लियाबाट सहयोग प्राप्त भएको हो । दुबईमा रहेका सन्तोष राना र नवीन पुलामीको सक्रियतामा ५५ हजार दुई सय ३०, अमेरिकमा रहेका म्याग्दे २ जामुनेका तालिम थापाले ११ हजार तीन सय ६३ र अष्टे«लियामा रहेका व्यास १ गल्बुवेशीका सुदीप हड्खलले पाँच हजार सहयोग प्रदान गरेका हुन् ।

मृगौला पीडितको उपचारको लागि सहयोग अभियान चलाएका तरुण दल व्यास नगर समितिका सभापति जीवनचन्द ठकुरीको सक्रियतामा उक्त रकम संकलन भएको हो । उक्त रकम मंगलबार आलेको घरमै पुगेर वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ विदेशमा रहेता पनि जिल्लामा रहेका पीडितहरुलाई सहयोग गर्नु सहनिय कार्य रहेको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button