बुबाको जन्मदिनको उपलक्ष्यमा अमेरिका निवासी पन्थद्धारा एक लाख सहयोग

दमौली खबर संवाददाता
दमौली १४ साउन । व्यास नगरपालिका–१२ कमलबारी घर भई हाल अमेरिका निवासी समाजसेवी कृष्णजीवी पन्थले एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नु भएको छ ।
गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष पन्थले आफ्नो बुबा चिरञ्जीवी पन्थको ८५ औं जन्मदिनको उपलक्ष्यमा शनिबार कोष स्थापना गर्नु भएको हो । पन्थले कमलबारी टोल विकास सस्थालाई  सो रकम प्रदान गर्नुभयो । टोल विकास सस्थाको अध्यक्ष सुवास कैनीलाई रकम हस्तान्तरण गर्नु भएको थियो ।
आफ्नो जन्म ठाउँको सामाजिक सस्थालाई सहयोग गर्न पाउँदा औधी खुसी लागेको उपाध्यक्ष पन्थले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button