सालको अवैध काठ ओसार – पोसार गर्ने पक्राउ

तनहँुमा सालको काठ अबैध रूपमा ओसार–पोसार गरेको अवस्थामा जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भिमादले लकडाउनको समयमा अवैध रुपमा सालको काठ सवारी साधनमा राखेर शुक्रबार राती ओसार–पोसार गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जिप चालक भिमाद नगरपालिका वडा नं.५ का ४३ वर्षिय ध्रुब गैह्रे प्रहरीले जनाएको छ ।

भिमाद नगरपालिका वडा नं.६ क्याम्पस रोड हुँदै खैरेनीटार तर्फ जाँदै गरेको ग ३ च १८९१ नं.को महेन्द्र बोलेरो जिपलाई चेकजाँच गर्दा उक्त नं.को जिप पछाडीको भागमा अवैध रुपमा अं.६० क्यु फिट काठ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रबक्ता एवंम् प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । गरी जिप र जिप चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button