निर्माण व्यावसायी संघ तनहुँको अध्यक्षमा खनाल

दमौली खबर संवाददाता
दमौली, भदौ २३ । निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा यज्ञ खनाल निवार्चित हुनु भएको छ । विहीवार दमौलीमा सम्पन्न संघको २७औँ साधारण सभा तथा १२औँ अधिवेशनबाट खनाल निर्वाचित हुनु भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद देबकोटा , उपाध्यक्ष क्षेत्र नं १बाट पुष्पकुमार श्रेष्ठ र क्षेत्र नं २ बाट उपाध्यक्षमा विष्णुराम थापा निर्वाचित हुनु भयो ।
त्यस्तै महासचिवमा सुर्वण श्रेष्ठ , नितिगत सचिवमा मदन गैह्रे, वस्तुगत सचिवमा कृष्णमुरारी मिश्र र कोषाध्यक्षमा सुरेश घिमिरे र सहकोषाध्यक्षमा भुवन दरै निवार्चित हुनुभयो ।
खुल्ला सदस्यहरूमा केदार अधिकारी, खरेदा वकस मियाँ र जानकी थापा निर्वाचित हुनुभयो । त्यस्तै केन्द्रिय प्रतिनिधिमा कृष्णनारायण श्रेष्ठ, ऋषिराम अधिकारी, भिमबहादुर थापा, शेरबहादुर गुरुङ र बसन थापा निर्वाचित भएका छन् ।
 त्यस्तै पालिका सदस्यमा व्यास नगरपालिकाबाट दिनेश वाग्ले, शुक्लागण्डकीबाट आइते सिंह भोलन, भानुबाट मनबहादुर आले र भिमादबाट मनोज खनाल, म्याग्दे गाउँपालिकाबाट नरसिंह राना, बन्दीपुरबाट निरज श्रेष्ठ, आबुँखैरेनीबाट शिवराम केसी निर्वाचित भएका छन् भने ऋषिङ, घिरिङ र देबघाट गाउँपालिकाबाट उम्मेदवारी नपरेको निर्वाचन समितिका संयोजक केशव भट्टराईले जानकारी दिनुभयो । लेखा समिति संयोजकमा दीपक कुमार श्रेष्ठ र सदस्यहरुमा प्रताप श्रेष्ठ, सुरेश पण्डित निर्वाचित हुनु भएको छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button