महोत्सवमा दर्शकको भीड आज राजु परियार र शिला आलेले दर्शक तताउने

दमुली खबर संवाददाता

दमौली, पुस २४ ।

दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवको तेस्रो दिन आईतबार गायक गायिकाहरु कृष्ण सुवेदी, भुमिका गिरी, निर्मला थापा, रमेश श्रेष्ठ, पुर्खे बा, मेघनाथ रिमाल, विश्व बुढा लगायतको प्रस्तुतिले दर्शकलाई रौनकता प्रदान गरेको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, महोत्सवको रमाइलो मेलाको अवलोकन गर्नका लागि महोत्सव स्थलमा दर्शकको भिड लागेको महोत्सव आयोजक आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँले जनाएको छ । महोत्सवको दोस्रो दिन राष्ट्रिय गायक खेम सेन्चुरीको प्रस्तुतीको दर्शक नाचेका थिए । गायिका गिरीको आकाशैमा जुन, देउरालीमा, चोली मैले भो लगायतका गीतले दर्शकलाई मनोरञ्जन दिएका थिए । भोली महोत्सवमा राजु परियार, शिला आले, उमादेवी खनाल, अनुराग थापा, वसन्ती थापा लगायतको प्रस्तुति हुने कलाकार संयोजक दीपक राईले जानकारी दिनुभयो । जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष सुजित हिराचनले बताए ।

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, मादीसेती नदिमा जलविहार लगायत आकर्षण रहेको आयोजकले जनाएको छ । माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button