गल्ती सच्चाएर अघि बढ्यौं

मानिसबाट गल्ती हुन्छ तर गल्तीलाई बारम्बार दोहो¥याउनु भने महाभुल हो । स्थानीय सरकारको निर्वाचन भएपछि कार्यभार सम्हालेका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएपनि अपेक्षित उपलब्धी हुन सकेको छैन । स्वतन्त्र उम्मेदवार बनी विजयी बन्नु भएका काठमाडौं महानगरका नगर प्रमुख बालेन शाह र धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ राई चर्चामा आएपनि अन्य स्थानीय सरकारका प्रमुखहरु चर्चामा आउन सकेका छैनन् । हाल धेरै नेपालीले चिन्ने नाम बनेको छ यि दुई जनप्रतिनिधीको तर अन्य स्थानीय सरकार प्रमुखलाई सम्बन्धित पालिकामा बाहेक अन्यले चिन्ने सक्ने अवस्था बनेको छैन । कामले हो चिनिने । राम्रो काय गर्दा चर्चा आउँछ । शाहले अतिक्रमण गरी बनाईका भौतिक संरचना, नक्सा अनुसार नबनाईएका संरचना भत्काएर तहल्का पिटीरहनु भएको छ भने साङपाङले भने प्रयाप्त बजेट नभएपनि विकास गर्न सकिन्छ भन्ने उदाहरण विकास निर्माणमा जनसहभागिता जुटाएर देखाउनु भएको छ । केही जनप्रतिनिधीले एक सय वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरी आफ्नो प्रगति प्रतिवेदन सार्वजानिक गर्नुभएको छ । यसले राम्रो सन्देश प्रवाह गरेको छ ।  उनिहरुको काम जनता समक्ष पु¥याउन सम्मेलनले मद्धत पुग्छ नै सुभाव समेत प्राप्त हुने भएकोले कमीकमजोरी सुर्धान टेवा पुग्दछ । आफूले गरेका गल्तीलाई सच्चाएर अघि बढ्नु पर्दछ । भ्रष्ट्राचार रोक्ने र कर्मचारीलाई छिटो छरितो सेवा दिन जनप्रतिनिधीको ध्यान जानु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button