तनहुँ कालिका मन्दिरमा घटस्थापना

दमौली  खबर संवाददाता
दमौली, असोज १० गते । व्यास नगरपलिका–४ , दमौली, बागभञ्ज्याङ सामुदायिक वन स्थित तनहुँ कालिका सहिद शान्तिपार्कमा रहेको कालिका मन्दिरमा सोमबार घटस्थापना गरिएको छ ।
      बिहानै नित्य कर्म तथा पूजाआजा मन्दिरमा विधिपूर्वक राखेर घटस्थापना गरिएको कालिका मन्दिर निर्माण समितिका सदस्य हरिशरण पण्डितले जानकारी दिनुभयो । फूलपातीको दिन डोली भित्राउने र भाकल गर्नेलाई बली दिने व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो ।  घटस्थापना गरिसकेपछि दुर्गाको प्रतीकका रुपमा यस दिनदेखि महानवमीसम्म प्रत्येक दिन कालिकाको पूजासमेत गर्ने गरिन्छ । विशेष कार्यक्रम गरी घटस्थापना गरिएको थियो ।
     कार्यक्रमको अध्यक्षता  कालिका मन्दिर व्यवस्थापन समितिको कार्यबाहक अध्यक्ष  भगवती न्यौपानेले गर्नु भएको थियो । पुजाव्यवस्थापन समितिको सम्योजक   ईश्वर  बिष्ट , कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ताद्धय कमला मोहन वाग्ले, परशुराम गिरी, नेकपा एमालेका नेता एक बहादुर राना, मन्दिर व्यवस्थापन समितिका सदस्य हरिशरण पण्डित, व्यास नगपालिकाका वडा नम्बर ४ का निर्वतमान वडाध्यक्ष विश्वराज न्यौपाने तनहुँ उद्योग बाणिज्य संघ तनहुँ अध्यक्ष पविन्द्र श्रेष्ठ ,बजार इकाई अध्यक्ष भूपाल आले लगायतले सबै मिलेर शान्तिपार्कका अधुरा काम पुरा गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button