बागबजारमा आगलागी हुँदा तीन पसलमा क्षति

दमौली खबर संवाददाता

दमौली, ५ माघ ।

तनहुँको व्यास नगरपालिका–२ बागबजारमा बिहिबार दिउँसो आगलागी हुँदा तीन पसलमा क्षति पुगेको छ । एक होटल, एक कवाडी सङ्कलन र मोटरसाईकल मर्मत केन्द्रमा नोक्सान पुगेको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण सङ्कलन भईरहेको र व्यास नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । तत्कालै आगो नियन्त्रणमा लिन सकिएकोले अन्य पसल तथा घरहरुमा सकिल्नबाट जोगाउन सकिएको उहाँले जानकारी दिनुभयो । विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button