सत्यवती माविमा युवा रेडक्रस सर्कल पुनःगठन

व्यास २ मा रहेको सत्यवति माविको युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । सर्कलको अध्यक्षमा रोशन ओझा चयन भएका छन् । त्यस्तै प्रमिला सुनार, सचिवमा गौरव सापकोटा, सह–सचिवमा प्रिमङ्गा तिवारी, कोषाध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरु इच्छा क्षेत्री, उत्सव लोहनी, अंकिता अधिकारी, रिना अधिकारी र अञ्जली बानीया रहेका छन् ।

सर्कलका निवर्तमान अध्यक्ष विनिता गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा जुनियर युवा रेडक्रस सर्कल तनहुँ जिल्ला संयोजक एवम् रेडक्रसका जिल्ला सदस्य सुशील नराल रहेका थिए । उक्त कार्यक्रममा सर्कलका संरक्षक एवम् विद्यालयका प्रअ इन्द्रप्रसाद पौडेल, सहायक प्रअ अनिल श्रेष्ठ, शिक्षक राजन घिमिरे, सन्देश अधिकारी लगायतले आफ्नो मन्तव्य राखेका थिए भने सुशिल न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयले शैक्षिक, खेलकुद लगायत अन्य क्षेत्रमा आफ्नौ नाम कमाउँदै आइरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button