“हाम्रा बिभिन्न जातहरू कसरी बने ,धर्म शास्त्रले के भन्छ “

राजन गिरी “राज”

भागवत गीता शास्त्रको अध्याय ४ अन्तर्गत श्लोक संख्या १३ को आधारमा जात चारवोटा मात्र छन् ब्राह्मण क्षेत्री वैश्य र सूद्र | यी जात प्राकृतिक गुण र कर्मका आधारमा मैले मानव समुह हरूको सृष्टि गरेको छु म नै यिनको कर्ता हुँ मलाई अभिनासी ठान्नु भनेर श्री कृष्ण भगवानले भनेका छन् | मानिस हरूले यो गुण जन्मदैमा पनि लिएर आएको हुन सक्छन र पछी आर्जन गरेर कुनै पनि समूहमा प्रवेश गर्न सक्छन | यो मैले बनाएको नियम हो कहिलै पनि नष्ट हुँदैन भन्ने कुरा शास्त्रमा उल्लेख छ |

यो हिसाबले हेर्दा जात एति मात्र हुनु पर्ने आज एति धेरै जातजाती कसैले सानो जाती भनेका छन् कसैले म ठूलो जाती भनेकोछ तैले यो छुनु हुँदैन , मन्दिर जानुहुँदैन यो सब कसरी भयो ? शास्त्रको ज्ञान नै नहुने कसरि ब्राम्हण भए ? यावत कुराहरुले शास्त्रमा उल्लेखित बाणी हरूलाई चुनौती दिएको छ | आज हामी आफ्नो नामको पछाडी जो कास्ट लेख्ने गर्दछौं त्यो बेलाएतले ल्याएको सिस्टम हो | बेलाएतले जब इन्डिया लाइ उपनिवेस बनायो त्यहाँ देखि यो कास्ट सिस्टम सुरु भएको हो त्यो भन्दा अगाडी हामी वैदिक सिष्टम मा थियौं यो भनेको वर्ण र आश्रम जहाँ चार वोटा वर्ण र चार वोटा आश्रम हुने गर्दछ | चार वर्णमा ब्राह्मण ,क्षेत्री ,वैश्य र शुद्र | यी चारै वर्ण लाइ भागवत शास्त्रमा धार्मिक तथा सामाजिक कार्यहरूमा बराबर मान्यता दिईएको छ कसैलाई तल माथि बनाइएको छैन | आज भोलि यो तल्लो जाति त्यो माथिल्लो जाती भनेर हेप्ने सिस्टम यो त् मान्छे आफैंले सिर्जना गरेको हो | गीतामा सुद गोस्वामी जी ले भनेका छन् “हे भगवान् हामी कति भाग्यमानि छौं यध्दपी हामी शुद्रको कोख बाट बाट जन्म लिएर पनि आज महान साधु सन्त ब्राह्मण ऋषीगण हरुको सङ्गत तथा भगवानको भक्तिको कारणले गर्दा हामीहरू भक्ति योगमा एति महान मानिएका छौं र उहाँ हरूका माझ यो भागवत कथा गर्न लागिरहेका छौं ” भनेर अठासी हज्जार ऋषी मुनी हरूलाई सुनाएका थिए | ब्यास पनि आमा सत्यवतीको कोखबाट जन्मेका थिए उनी शुद्र थिइन् | यस्ता प्रमाण हरू थुप्रै भेटिन्छन शास्त्रमा | त्यस्तै श्रुति स्मृति शास्त्रमा के भनिएको छ भने एदी कोही चण्डालमा जन्मिएको छ र ऊ भगवान् श्री हरिको अनन्य भक्त छ भने ऊ उच्च कोटीको ब्राह्मण हुन्छ त्यस्तै यदि कोही ब्राह्मण जातमा जन्मिएको छ तर हरी भक्ति विहिन छ भने ऊ चण्डाल भन्दा पनि तलको हुन्छ भनेर भनिएको छ | परशुराम लाई नै हेर्नुस ब्राह्मण कुलमा जन्मिए पनि आवस्यकता अनुसार क्षेत्रियको कर्म अंगाल्नु भयो | बिस्वामित्र क्षेत्रिय् हुनुहुन्थ्यो तप गरेर ब्राह्मण बन्नु भयो |

मान्छेहरू शास्त्रमा स्प्रष्ट हुँदा हुँदै पनि त्यतिमा मात्र सिमित रहेनन् आज हेर्ने हो भने मान्छे बिभिन्न जातमा विभाजित भएका छन् | जात अनुसार हाम्रो पहिचान , नाम , जात भेषभुषा ,रहनसहन , बोलीचाली नै फरक फरक छ | आफ्नो आफ्नो समुदायको संस्कार अनुसार कसैले नाम ब्राह्मण बाट त् कसैले लामा पादरी तथा मुल्ला ,मौलवी बाट प्राप्त गरेका हुन्छौं |

हाम्रो नाम पछाडीको थर पुर्खा देखिनै समूहगत अलग अलग रहेको छ जसको कारण समाजमा हाम्रो भिन्नै पहिचान बनेको छ | यी थर मध्यमा पनि खस जातीका धेरै थर हरू छन् जो केही सरकारी दर्जा बाट त् केही गाउँका नाम अपभ्रंस भएर बनेका छन् | अधिकारी ,कार्की ,भट्ट जस्ता थर सरकारी दर्जा बाट उत्पन्न भएको पाहिन्छ | कोईराला, रिजाल, ककेल जस्ता थर हरू कर्णाली अंचलका गाउँबाट उत्पति भएका हुन | त्यसोत अनगिन्ति थर हरू छन् ति मध्य केही थर हरूको उत्पति कहाँ बाट भयो यसको बारेमा केही जानकारी तल दिईएको छ :-

सरकारी दर्जा र गाउँको नाम बाट राखिएका केही थर हरू ;-

कार्की – राजस्वो अधिकृतको रूपमा चिनिन्थ्यो

भट्ट – राजपुरोहित वा धर्मको अधिकारी

भण्डारी – राजकीय कोषको प्रमुख , भण्डारमा रहने व्यक्ति

लेखक – जसले लेख्छ

महत -गाउँको प्रमुख

रोकाया – महत को सहयोही

अधिकारी – दराकको हाकिम

थापा,राना,बुढा ,बस्नेत,खड्का – सैनिक दर्जा

आफ्नो स्थान बाट आएका केही थर हरू :-

कालिकोट को खिटकिसैन बाट आएका – खिसीने

भुर्तौ बाट आएका – भुरतेल /भुर्तेल

रांचु बाट आउने – रुचाल

गेला बाट आएका – गेलाल

बन्जाडा बाट आएका – बन्जाडे

बाँसकोट बाट आएका – बास्कोटा

जुम्ला बाट उत्पति भएका जातहरू ;-

धिता बाट – धिताल

पाण्डुसेरा – पाण्डे

सिंजा – सिंजापती

प्याकुरी – प्याकुरेल

सिमखाडा – सिंखडा

अछाम तिमलसेन बाट – तिमल्सेना तिम्सिना

घमीराउँ – घिमिरे

चौडेल गाउँ – चौलागाईं

देवकोट – देवकोटा

ढुंगानी – ढुंगाना

ढाँकु – ढकाल

बजगाउँ – बजगाईं

रिमा – रिमाल

रसाईली स्वारा – स्वार

गोडासैनी – गोडासैनी

पुढासेन – पुढासैनी

धमाली -धमला

दर्ना – दर्नाल

कुईका – कुइकेल

चालसा – चालिसे

बारला – बराल

लामिसाल – लम्साल

बझाङ बाट उत्पति भएका जात हरू :-

रेगम -रेग्मी

सोत – सोती

खार – खरेल , खराल

सुवाडा – सुबेदी , सुवेदा

वयान – बानियाँ , बनिया

बाजुरा – जमरकट्टेल ,जमकट्टी

छाति – छन्त्याल

कुँडी – कुँडयाल

बेलकाटे – बेलकाटिया

खातिबाडा – खाती

बैतडी बाट उत्पति भएका जात हरू :-

गाजरी – गजुरेल

ड़ोडे खोला – डोटेल

निरौली – निरौला

वोझाना – ओझा

बोग्टान – वोगटी

मुडभरा – मुडभरी

मुगू बाट उत्पति भएका जात हरू ;-

खनाया – खनाल

कालैगाउँ – कल्यान

खात्तियान – खातिवोडा

दैलेख बाट उत्पति भएका जात हरू :-

लामाछान्नी – लामिछाने

बाँसकोट – बास्कोटा

बाँस्तोली – बाँस्तोला

सातला – सत्याल

लुइयाटी – लुईटेल

चापागाउँ – चापागाई

नेपा – नेपाल

रिजु – रिजाल

पोखर – पोख्रेल ,पोखरेल

लम्सु – लम्साल

लम्जी – लम्जेल

दह – दहाल , दाहल

गैह्रा -गैरे , गहिरे

भुर्ती – भुर्तेल

पराजुल – पराजुली

कोइराली – कोइराला

दवाडा – दवाडी

कट्टील – कट्टेल

भुसाकोट -भुसाल

सुइया – सुन्जेल

मुडासेन – मरासैनी, मरासिनी

गुरगाउँ – गुरागाईं

रुकुम बाट उत्पती केही जात :-

सर्पुकोट – सापकोटा

दाङ – रजौरा, रजरिया इत्यादी

यस बाहेकका पनि नेपालमा धेरै जात हरु छन तिनीहरूको बारेमा जानकारी लिएर छिटै उपस्थित हुनेछु |

राजन गिरी “राज”

रुपा ३ कास्की

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button