दमौलीमा मेयर कप फुटबल प्रतियोगिता शुरु

दमौली,  भदौ ९ ।
प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिता बुधबार देखि दमौलीमा शुरु भएको छ । शितल चोक युथ क्लबद्वारा प्रतियोगिता आयोजना गरिएको सो प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपाने यस्ता प्रतियोगिताले खेलाडीहरुको शारीरिक र मानसिक रुपमा विकास भइ उनीहरुलाई अनुशासित बनाउन मद्धत पुग्ने बताउनुभयो । सोही दिनको दोस्रो खेलमा आयोजक सितल चोक युथ क्लबले व्यास ११ लाई ४–० गोलले पराजित गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख २ हजार २ सय २२ र द्वितीय हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिवालय व्यवस्थापन मितिका संयोजक माधव न्यौपानेले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, घोषित गरी जनही ७ हजार ५ सय रुपैयाँ र मेडल प्रदान गरिने जानकारी उनले दिए । क्वाटर फाइनलका खेलदेखि म्यान अफ दी म्याच घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने खेल संयोजक राजेश मल्लले बताउनुभयो  । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षित गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता शुरु गर्नु अघि दमौलीमा शान्ति र्याली गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button