कोरोनाको ‘डढेलो’, बल्ल तात्दैछन् स्थानीय सरकार

दमौली खबर संवाददाता
कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमितको संख्या उकालो लागिरहेपछि जिल्लाका स्थानीय तहहरु कोरोनाको जोखिम कम गर्नको लागि बल्ल तातेका छन् । सरकारले तोकेको जोखिमपूर्ण जिल्लाको छिमेकीमा पर्छ तनहँु । तनहँुका स्थानिय तह अहिले यस अघि सञ्चालनमा रहेका आइशोलेसन कक्ष पुनः सञ्चालनमा ल्याउने काम कस्सिएका छन् ।

कोडिभ १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तनहुँको बेलचौतारास्थित सेतीगंगा सामुदायिक अस्पताललाई २५ बेड हाई डिपेन्डेन्सी युनिटसहित कम्तिमा ५० बेड आईसोलेसनका लागि तयार राख्ने निर्णय गरे सँगै शुक्लागण्डकी नगरपालिका उक्त काम लागि खटिएको छ । नगरप्रमुख किसान गुरुङका अनुसार पहिलाको आईशोलेसन भन्दा थप व्यवस्थित गरि तयार पार्न लागिएको छ । नगरप्रमुख गुरुङ्गले भने,‘पहिलाको कोरोनाले हामीलाई धेरै पाठ सिकाएको छ । अहिलेको कोरोना सँग लड्नको लागि हामी पूर्णरुपमा तयारी भएर बस्ने छौं । ’ धेरै जना होम आइसोलेसनमा बसिरहेको जानकारी दिदै उनले आइसोलेसनमा बस्न नसक्नेलाई स्थानिय तहले सञ्चालन गरेको आईशोलेसनमा राखिने बताए ।

त्यस्तै जिल्लाको सदरमुकाममा रहेको व्यास नगरपालिकाले बुधबारदेखि सबै शैक्षिक संस्था बन्द गर्ने भएको छ । मंगलबार नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले देशैभर संक्रमण बढेको भन्दै भौतिक कक्षा रोक्ने निर्णय अनुसार शैक्षिक संस्था बन्द हुन लागेको हो । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले भर्चुअल तथा अन्य वैकल्पिक कक्षा चलाउन निर्देशन दिएको जानकारी दिए ।
तर परीक्षाका हकमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न नगरपालिकाले निर्देशन जारी गरेको उनले बताए ।

नगरप्रमुख न्यौपानेका अनुसार वडा स्तरमै कोरोना परिक्षण गर्ने तयारी भईरहेको छ । उनले भने, ‘सात भन्दा बढी कोरोना परिक्षण गर्ने व्यक्ति भएको खण्डमा वडा गत रुपमै परिक्षण गर्नेछौं । ’ उनले अघि भने,‘संक्रमितको लागि होम आईशोलेसन र विदेशबाट आएका लागि होम क्वारेन्टाईनलाई प्राथमिकतामा दिएका छौं ।’ संक्रमितको अवस्थामा समस्या देखिएमा नगरपालिकाको समन्वयमा उपचारको लागि पोखरा रिफर गरिने उनले बताए ।


यता बन्दिपूर गाँउपालिकाले पनि छिटै नै विद्यालयका परिक्षा सकेर शैक्षिक संस्था बन्द गर्ने योजनामा रहेको छ । गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले भने,‘अहिले सम्म कोरोनाको संक्रमण केही देखिएको छैन । तत्काल विद्यार्थीलाई जोखिमबाट बचाउन छिटै परिक्षा सक्ने तयारीमा छौं । ’उनले अघि भने, ‘ संक्रमण देखिएको खण्डमा आवश्यकता अनुसार आईशोलेसन निर्माण गरिने छ । तत्काललाई जोखिम कम गर्न लागि रहेका छौं । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button