शुक्लागण्डकीमा शीतभण्डार निर्माण शुरु

राष्ट्रिय समाचार समिति
वैशाख ९, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शीतभण्डार निर्माण शुरु भएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट शुक्लागण्डकी नगरपालिका ८ सङ्गमटोलमा शीतभण्डार निर्माण शुरु गरिएको हो । कृषकले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण शुरु गरिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए । उनका अनुसार शीतभण्डार सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो ।

यस वडामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ, तर पनि किसानले उत्पादन गरेका आलुको उचित मूल्य पाउन गाह्रो भइराखेको थियो, उनले भने शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्छ । कृषकले उत्पादन गरेका आलु शीतभण्डारसम्म पु¥याउन वडा कार्यालयले नै व्यवस्थापन मिलाउँदै आएको छ । शीतभण्डारसम्म आलु ढुवानीका लागि यस वर्ष रु दुई लाख बजेट विनियोजन गरिएको थियो । कृषकलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो । किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो बीउ आलु वितरण गरिएको थियो । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नं ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्टिूय मसला तथा आलु बाली विकास कार्यक्रमअन्र्तगत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो । शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण शुरु भएपछि खुशी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेको मञ्जु श्रेष्ठको गुनासो छ । सोही वडाका रमेश महतले शीतभण्डार निर्माण सम्पन्न भएपछि उत्पादनको उचित मूल्य पाउने बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button