निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिने तनहुँका कृषकहरुको भनाई

दमौली खबर संवाददाता

दमौली, १९ फागुन । निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिनु पर्ने बाध्यतामा रहेको तनहुँका कृषकहरुले बताएका छन् ।

घाटा खानु पर्ने अवस्थाको अन्त्य गर्ने वातावरण नबने आन्दोलनमा उत्रिनको लागि कृषकहरु एक ठाउँमा उभिएका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले खेपेको मारलाई सञ्चारमाध्यम मार्फत नीति निर्माता समक्ष पु¥याउदै यथाशिघ्र सामाधनका पहल गर्न समितिले पत्रकार सम्मेलन गरी आग्रह गरेको छ । नेपाल सरकार, राष्ट्र बैंक , बैंक तथा वित्तीय संस्था, बीमा प्राधिकरण तथा बीमा कम्पनी समक्ष १७ बुदे माग राख्दै यथाशिघ्र सम्बोधनको पहल गर्न समितिले माग गरेको छ । माग सम्बोधन गर्न सरकार उदासिन देखिए विद्रोहको ज्वाला सल्कने चेतावनी समेत दिएको छ ।

समितिले यही फागुन २१ गते किसानका मागहरु सहित दमौलीमा कृषकको ¥याली निकालिने संघर्ष समितिका संयोजक मित्र दुराले जानकारी दिनुभयो । कृषकको समस्या समाधानको लागि ध्यान नपुगेकोले किसानहरु विद्रोहमा उत्रिन बाध्य भएको समितिका सहसंयोजक एवम् युगिन कृषि फार्मका सञ्चालक ईश्वरराज पन्थले बताउनुभयो । ‘उत्पादनको मुल्य भन्दा लागत मुल्य बढी हुने, बैंकको ब्याज अस्वभाविक तवरले बढ्ने र उत्पादनले उचित बजार नपाउने समस्याले जस्ता समस्याले गर्दा कृषक पेशाबाट पलायन हुनु पर्ने अवस्था सृजना भएको किसानहरु व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ पन्थले’ भन्नुभयो ।

स्थानीय सरकारको मातहमा कृषि तथा पशु शाखाको जिम्मामा गएपनि प्राविधिकहरु किसानको घरमा नपुग्ने गर्दा कृषकले आधुनिक प्रविधिको ज्ञान नपाउने, अनुदानको कार्यक्रमबाट लाभ लिन नसक्ने अवस्था आएको दृग्ध तथा तरकारी उत्पादक कृषक रमेश आचार्यले बताउनुभयो । कार्यक्रममा अण्डा उत्पादक संघ तनहुँका अध्यक्ष खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको गुनासो बताउनुभयो । तनहुँमा ९६ जना अण्डा उत्पादक कृषकले दैनिक साडे २ लाख अण्डा उत्पादन गर्दै दानाको मूल्य बढ्ने तर अण्डाको मूल्य घटाएर बेच्नु पर्दा घाट खाएर व्यवसाय टाट पल्टिन लागेको अधिकारीले बताउनुभयो । व्यास नगरपालिका–११ बेलटारी स्थित अण्डा उत्पादक कृषक राजु खड्काले उत्पादनको उचित बजारीकरण गर्न सरकारले ठोस नीति ल्याउन नसक्दा र बिचौलीले धेरै नाफा खाँदा कृषक मारमा परेको बताउनुभयो ।

दुग्ध उत्पादनक संघका अध्यक्ष कालिका पौडेलले पनि त्यस्तै समस्या व्यक्त गरे । ४० हजार दुध उत्पादन हुदै आएको तनहुँमा उत्पादक कृषकहरु सबै प्रभावित भएको बताउनुभयो । बाख्रा व्यवसायी तनहुँका अध्यक्ष कुशल अधिकारीले भारतबाट लुकी छिपी बाख्रा नेपाली बजारमा आउँदा स्थानीय बाख्रा बिक्री गर्न समस्या परेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button