वरिष्ठ अधिवक्ता गिरीलाई रेडक्रस तनहुँद्धारा बधाई

दमौली खबर संवाददाता
दमौली, ५ भदौ । वरिष्ठ अधिवक्ता बन्न सफल हुनु भएकोमा परशुराम गिरीलाई नेपाल रेडक्रस सोसाईटी तनहुँले सम्मान गरेको छ । रेडक्रस तनहुँको नियमित वैठकमा आईतबार सम्मान गरिएको हो । रेडक्रस तनहुँका सभापति कृष्णहरी वाग्ले, उपसभापति ऋषीराम पोख्रेल, मन्त्री चिनु पोख्रेल, कोषाध्यक्ष हरिशरण पण्डित, उपमन्त्री इन्द्रप्रसाद पौडेल लगायतले खादा, अबिर लगाएर सम्मान गर्नु भएको थियो । गिरी रेडक्रसका पूर्व केन्द्रीय सदस्य तथा तनहुँका पूर्व सभापति हुनुहुन्छ । यसैबीच सोही अवसरमा बन्दीपुर गाउँपालिका–३ को वडाध्यक्ष निर्वाचित भएका सदस्य परमेश्वर भट्टराईलाई खादा ओडाएर सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button