पहिरो पिडितलाई फिड द हंग्री नेपालको सहयोग

पहिरोको कारण विस्थापित भएका व्यास १०का स्थानियलाई फिड द हंग्री नेपालले सहयोग गरेको छ ।

अविरल बर्षका कारण आएको बाढी तथा पहिरोले व्यास १० का घर जोखिममा परि बिस्थापित भएका थिए । विस्थापित भएका ३४ घर धुरीलाई फिड द हंग्री नेपाल नामक संस्थाले सोमबार एक कार्यक्रम गरि पचास हजार रूपैया बराबरको खाद्यान्न राहत सामग्री वितरण गरेको हो । व्यास नगरपालिकाको समन्वयमा उक्त सस्थाले डिहीगाउँ ,शितलगुफा ,दुम्सिकोट ,अधेरीभन्ज्यांग र बीपीभन्ज्यांग लगायत ३४ घर परिवारलाई राहत वितरण गरेको संस्थाका प्रतिनिधि सन्तोष सिलवाल जानकारी दिए । राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष तुलसीराम सापकोटाले बिपतका बेलामा सहयोगको पर्खाइमा बसेका वडाका बाढीपहिरो पिडितलाई सहयोग गर्ने कार्य सहनीय रहेको बताए ।उनले छिटै नै नगरपालिकाले पनि राहत वितरण गर्ने बताए ।

संस्थाका प्रतिनिधि समुन्द्र ढकालको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका जुनियरयुवा संयोजक एबं दुम्सिकोट उपशाखाका सभापति रामदत्त पौडेल ,युवा उद्यमी बलबहादुर शाही ,रमाकान्त ढुंगाना एबं बिशाल गिरी लगायतले संस्थाले पु¥याएको सहयोगको प्रशंसा गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button